शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

भेरियन्ट छुट्याउने करोड–करोडका ६ मेसिन प्रयोगविहीन

आइतबार, बैशाख ५ २०७८

छिमेकी भारतसँगै नेपालमा कोभिड– १९ को संक्रमण तीव्र गतिमा फैलिएको छ । अहिले गत वर्षकै भाइरस फेरि फैलिएको हो कि यो नयाँ ‘भेरियन्ट’ हो भन्नेमा सर्वत्र जिज्ञासा छ । भेरियन्ट पहिचान गर्न सरकार, विश्वविद्यालय तथा गैरसरकारी संस्थासँग ६ मेसिन भए पनि उपयोग गरिएको छैन । 

कोभिड– १९ को नयाँ भेरियन्ट हो कि होइन भनेर निश्चित गर्ने ‘जिनोम सिक्वेन्सिङ’ गर्न नेपालमा तीन मेसिन पहिले नै जडान भएका छन् । विधि विज्ञान प्रयोगशाला नास्टमा एक र सेन्टर फर डायनामिक नेपालसँग यस्ता दुई उपकरण थिए । त्यस्तै जैविक प्रविधि केन्द्रीय विभाग कीर्तिपुर र धुलिखेल अस्पतालमा नयाँ उपकरण आएको छ । त्यति मात्र होइन, विश्व स्वास्थ्य संगठनको अनुदानमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पनि नयाँ ‘सिक्वेन्सिङ’ मेसिन आएको छ । तर आश्चर्य, यत्रो महामारीबीच पनि यी कुनै पनि उपरकण प्रयोग गरिएको छैन ।

पछिल्लो तीन महिनामा तीन मेसिन ल्याइएको छ । तर, स्वदेशमै भएका उपकरण चलाउनुको सट्टा सरकारले नमुना हङकङ पठाउने गरेको छ । एक महिनाअघि पठाइएको नमुनाले नयाँ भेटियन्ट पुष्टि गरेको थियो । त्यसयता १५ नमुना पठाइएको रिपोर्ट अझै आएको छैन । आजको नयाँ पत्रिकामा खबर छ l