शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेपाल सुपर लिग (एनएसएल): चितवन एफसीले भित्र्यायो इजिप्टका दुई खेलाडी

शनिबार, बैशाख ४ २०७८

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम चितवन एफसीले इजिप्टका दुई खेलाडीलाई अनुबन्धित गरेको छ ।

चितवनले एनएसएलका लागि इजिप्टका अहमेद मोहम्मेद गबला र अल सायद शाबनलाई अनुबन्ध गरेको हो ।

चितवनले शुक्रबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत दुई खेलाडीलाई सार्वजनिक गरेको हो ।

चितवनको मार्की खेलाडीमा भरत खवास रहेका छन् भने प्रशिक्षकमा मेघराज केसी रहेका छन् ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गर्ने एनएसएल बैशाख ११ गतेबाट जेठ १ सम्म हुँदैछ ।

पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।

चितवनले आफ्नो पहिलो खेलमा ललितपुर सिटीसँग खेल्नेछ ।