काठमाडौं। त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको ट्रफी सार्वजनिक भएको छ।
नेपाल क्रिकेट संघले (क्यान) ले आज (शुक्रबार) राजधानीमा एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको हो ।
टियु क्रिकेट मैदानमा आयोजना हुने सिरिजमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाले प्रतिस्पर्धा गर्नेछन् ।
तीन राष्ट्रको कप्तानले ट्रफी सार्वजनिक गरेका हुन् ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग भोलि (शनिबार) खेल्नेछ । खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ ।
नेपालले दोस्रो खेलमा मलेसियासँग बैशाख ६ मा खेल्नेछ । यस्तै, तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ ।
यस्तै अन्तिम लिग खेलमा नेपालले बैशाख ९ गते मलेसियासँग खेल्नेछ ।
डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।
प्रतियोगिताको फाइनल खेल बैशाख ११ गते हुनेछ ।