काठमाडौं । नयाँ बर्षको सुरुवातमा नै नेप्सेले उच्च रेर्कड कायम गरेको छ । नेप्से आज बिहिबार २० दसमलव ६७ अंकलले बढेर २७ सय ३५ दसमलव ४६ अंकमा पुग्दा सेन्सिटिभ पनि छ दसमलव १७ अंकले बढेर चार सय ९२ दसमलव ४४ अंकमा चढेको छ । आज दुई सय १८ वटा कम्पनीहरुको ९५ हजार सात सय ३७ पटकको कारोवारमा एक करोड ९० लाख २० हजार पाँच सय २८ कित्ता सेयर किनबेच भएकाछन भने कुल कारोवार रकम आठ अर्ब ६३ करोड ६६ लाख ६८ हजार छ सय ५९ रुपैयाँ पुगेको छ ।
आज १३ वटा समुहको कारोवार भएकोमा टेडिङ र जलबिद्युत समुहको सुचकहरु घटेर बाँकी समुहको सुचकहरु भने उच्च बढेकाछन । बाँणिज्य बैंक समुहको सुचक २३ दसमलव चार अंकले बढेर १९ सय चार दसमलव छ अंकमा पुग्दा बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि बढेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीह्रुको सुचीमा पहिलो स्थानमा बेष्ट फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मल्टीपर्पोस फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा एनआईसी एशिया लघुबित्त बित्तीय संस्था परेको छ ।