बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा ३२ खेलाडी

बुधबार, बैशाख १ २०७८

काठमाडौं । राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणका लागि ३२ खेलाडीलाई बोलाईएको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मंगलबार ३२ खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

नेपाली टिमले आगामी मे १७ बाट प्रशिक्षण थाल्ने छन् ।

स्यान्सु भुसाल र मनिस डाँगी पहिलो पटक टिमको प्रशिक्षणमा समेटिएका हुन् ।

फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत बाँकी खेलका लागि नेपालले बन्द प्रशिक्षण गर्न लागेको हो ।

कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब तीन होम खेल खेल्न बाँकी रहेको छ ।

नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेसँग खेल्न बाँकी रहेको छ ।

बन्द प्रशिक्षणमा परेका खेलाडी :

गोलकिपर – किरण कुमार लिम्बु, विकेश कुथु, दीप कार्की, विशाल सुनार

डिफेन्डर – रंजित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, छिरिङ गुरुङ, गौतम श्रेष्ठ,  विकास खवास

मिडफिल्डर – त्रिदेब गुरुङ, मनिस डाँगी, तेज तामाङ, एरिक विष्ट, संजोक राई, विशाल राई, सुनिल बल, रवीशंकर पासवान, सेसेहाङ आङदेम्बे, सन्तोष तामाङ,विवेक बस्नेत, प्रकाश बुढाथोकी, स्यान्सु भुसाल, अन्जन विष्ट, सुमन लामा

फरवार्ड – दर्शन गुरुङ, भरत खवास, अभिषेक रिजाल, नवयुग श्रेष्ठ