शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नखिपोट युथ क्लबद्वारा कप्तान किरण सम्मानित

बुधबार, बैशाख १ २०७८

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण कुमार लिम्बुलाई नखिपोट युथ क्लबले सम्मान गरेको छ ।

नखिपोट युथले मंगलबार एक कार्यक्रमकाबिच राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरणलाई सम्मान गरेको हो ।

क्लबले किरणलाई नेपाली फुटबलमा पुर्राएको योगदानको कदर गर्दै सम्मान गरेको हो ।

क्लबका उपाध्यक्ष इन्द्र जित लिम्बुले नेपाली फुटबलमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको बताए ।

‘किरण हाम्रा क्लबका खेलाडी समेत हुन् । उनले कुनै समय क्लबबाट पनि खेलेका हुन् । उनले नेपाललाई भर्खरै मात्रै आफ्नो कप्तानी थ्री नेसन्स कपको उपाधि दिलाईसकेका छन् । फुटबलको पुुर्याएको योगदानको कदर गर्दै सम्मान गरेका छौं,’ उनले भने ।

किरण हालै सम्पन्न भएको भारतीय आईलिगमा सर्बाेत्कृष्ट गोलरक्षक चुुनिएका थिए । उनले पञ्जाबबाट सर्वाधिक ७ क्याप जितेका थिए । यस अघि उनले पञ्जाबबाटनै खेलेका थिए । त्यस अघि माल्दिभ्सको टिसी स्पोर्टस् क्लबबाट खेलेका थिए । किरणको आफ्नो कप्तानीमा पहिलो पटक थ्री नेसन्स कपको उपाधि हात पारेका हुन् ।

५६ सालमा स्थापित नखिपोटले सी’ लिग छनोट खेलेको थियो । यस क्लब ललितपुर जिल्ला लिगको पहिलो संस्करणसँगै यसै सिजनको च्याम्पियन समेत हो ।

क्लबले नखिपोटस्थित आफ्नै कभर्डहलमा भलिबल सहित बास्केबल प्रतियोगिता आयोजना गर्दै आईरहेको छ । यस पटक भने कोरोनाका कारण प्रतियोगिता आयोजना गर्न नसकेको उपाध्यक्ष इन्द्रले बताए ।

यस क्लबबाट राष्ट्रिय टोलीका सदस्य किरणसँगै बिक्रम लामा, योगेश गुरुङ, विष्णु गुरुङ, रन्जित श्रेष्ठ, बिष्णु गुरुङ लगायतले खेलिसकेका छन् ।