शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

च्याम्पियन्स लिग: पीएसजी र बायर्न भिड्दै

बुधबार, बैशाख १ २०७८

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको दोस्रो लेगमा आज बायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन (पीएसजी) बीच प्रतिस्पर्धा हुँदैछ ।

साविक विजेता समेत रहेको जर्मन क्लब बायर्नले उसैको मैदानमा फ्रेन्च क्लब पीएसजीसँग खेल्नेछ । बायर्न र पीएसजीबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

पीएसजीको मैदानमा बायर्न उत्कृष्ट पुनरागमनको लक्ष्यमा हुनेछ । किनकि पहिलो लेगमा बायर्न पीएसजीसँग पराजित भईसकेको छ ।

बायर्न घरेलु मैदानमा पीएसजी ३-२ ले पराजित भएको थियो । तर, दोस्रो लेगमा बायर्न उत्कृष्ट पुनरागमन गर्न चाहन्छ ।

यता, पीएसजी भने घरेलु मैदानमा जित निकाल्दै सेमिफाइनलमा पुग्न चाहन्छ ।

पहिलो लेगको जितले पीएसजी उच्च मनोबलको साथ मैदान उत्रनेछ ।

पीएसजीलाई सेमिफाइनल पुग्न बराबरीले पुग्नेछ । बायर्नलाई भने जित बाहेक अन्य बिकल्प छैन ।

अर्को खेलमा इंग्लिस क्लब चेल्सीले पोर्टोसँग खेल्नेछ । चेल्सीले पोर्चुगिज क्लब पोर्टोसँग स्पेनको रामोन सान्चेज मैदानमा खेल्नेछ ।

चेल्सीले पहिलो लेगमा २-० को जित निकाल्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

चेल्सीलाई अब बराबरीको नतिजाले पुग्नेछ । पोर्टोलाई भने फराकिलो जित आवश्यक रहेको छ ।