शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सर्जियो रामोसलाई कोरोना संक्रमण

मंगलबार, चैत्र ३१ २०७७

एजेन्सी । रियल मड्रिडका कप्तान तथा डिफेन्डर सर्जियो रामोसलाई कोरोना भाईरसको संक्रमण भएको छ ।

रियलले मंगलबार कप्तान रामोसलाई कोरोना पोजेटिभ देखिएको जनाएको छ ।

कोरोना देखिएपछि स्पेनिस डिफेन्डर रामोस क्वारेन्टिनमा बसेको समेत क्लबले जनाएको छ ।

च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलविरुद्धको खेलअघि गरिएको परिक्षणमा उनलाई कोरोना देखिएको हो ।

अब रामोसले लिभरपुलविरुद्धको खेल गुमाउने छन् ।

क्वाटरफाइनल अन्तर्गत रियल र लिभरपुलबीचको दोस्रो लेग बुधबार राति हुनेछ ।

पहिलो लेगमा रियलले ३-१ को जित निकालेको थियो ।

चोटका कारण ३५ वर्षीय रामोसले पहिलो लेग खेल समेत गुमाएका थिए ।