बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्से एतिहाँसिक अंकमा, सात अर्ब १४ करोडको सेयर कारोवार 

मंगलबार, चैत्र ३१ २०७७

काठमाडौं ।  नेप्से एतिहाँसिक अंकमा पुगेको छ । यो सालको अन्तिम कारोवार दिन आज मंगलबार नेप्से २३ दसमलव २३ अंकले बढेर २७ सय १४ दसमलव ७९ अंकमा पुुग्दा सेन्सिटिभ पनि पाँच दसमलव ९९ अंकले बढेर चार सय ८६ दसमलव २८ अंकमा चढेको छ । आज दुई सय नौ वटा कम्पनीहरुको ७६ हजार ९४ पटकको कारोवारमा एक करोड ४६ लाख ९१ हजार छ सय ४३ कित्ता सेयर किनबेच हुदा कुल कारोवार रकम सात अर्ब १४ करोड ३१ लाख ५१ हजार रुपैयााँ पुगेको छ ।
आज १३ वटा समुहको कारोवार हुंदा सात वटा समुहले गुमाएकाछन भने छ वटाले कमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ४२ दसमलव ३६ अंकले बढेर १८ सय ८१ दसमलव १२ अंकमा पुग्दा बिकास बैंक, जलबिद्युत, फाईनान्स, टेडिङ र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन । निर्जिवन बीमा समुहको सुचक भने ८८ दसमलव ९२ अंकले घटेर १३ हजार छ सय ५९ दसमलव ८७ अंकमा झर्दा जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त र लगानी समुहको सुचकहरु पनि घटेकाछन ।  
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनआईसी एशिया लघुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ग्लोवल आईएमई लघुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल बैंक लिमिटेड परेको छ ।