शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्से सुचक तथा कारोवार रकम दुबैमा उच्च बृद्धि

सोमबार, चैत्र ३० २०७७

काठमाडौं ।  नेप्से सुचक तथा कारोवार रकम दुबै नै उच्च अंकले बढेको छ । आज सोमबार नेप्से १७ दसमलव दुई अंकले बढेर २६ सय ९१ दसमलव ५५ पुग्दा सेन्सिटिभ इन्डेक्स पनि तीन दसमलव ७८ अंकले बढेर चार सय ८० दसमलव २९ अंकमा चढेको छ । आज दुुई सय १६ वटा कम्पनीहरुको ८० हजार नौ सय ५९ पटकको कारोवारमा एक करोड ३८ लाख २१ हजार पाँच सय ७३ कित्ता सेयर किनबेच भएकाछन भने कुल सेयर कारोवार रकम सात अर्ब ६१ करोड आठ लाख २८ हजार ५० रुपैयाँ पुगेको छ । 
आज १३ वटा समुहको कारोवार भएकोमा सात वटा समुहको सुचक बढेकाछन भने छ वटाको घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १७ दसमलव ८१ अंकले बढेर १८ सय ३८ दसमलव ७६ अंकमा चढेकोमा बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, लघुबित्त, उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन । होटल तथा पर्यटन समुहको सुचक भने आज ७५ दसमलव १९ अंकले घटेर चार हजार ५३ दसमलव २८ अंकमा झरेकोमा जलबिद्युुत, टेडिङ, फाईनान्स, अन्य र लगानी समुहको सुचकहरु पनि घटेकाछन ।  
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनआईसी एशिया लघुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा साञ्जेन जलबिद्युत कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीह्रुको सुचीमा भने पहिलो स्थानमा एनआईसी एशिया बैंक लिमिटेड पहिलो स्थानमा परेको छ ।