शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

लियोनल मेस्सी बार्सिलोनामै रहने विश्वास

आइतबार, चैत्र २९ २०७७

एजेन्सी । लियोनल मेस्सी बार्सिलोनामै रहने विश्वास क्लबले गरेको छ ।

शनिबार राति एल क्लासिकोमा पराजित बार्सिलोनाले सो खेल मेस्सीको अन्तिम एल क्लासिको नहुने विश्वास गरेको छ ।

बार्सिलोनामा मेस्सीको भविष्य अनिश्चित देखिएको छ । उनी सम्झौताको अन्तिम मिहनामा रहेका छन् । उनले नयाँ सम्झौताको विषयमा केही बोलेका छैनन् ।

शनिबार रातिको खेलसंगै मेस्सीको भविष्यलाई लिएर पुन चर्चा सुरु भएको छ ।

रियल मड्रिडसंग २–१ ले पराजित हुने बित्तिकै बार्सिलोनाका निर्देशक गुइलेर्मो अमोरसंग मेस्सीको भविष्यका विषयमा सोधिएको थियो ।

के यो मेस्सीको अन्तिम एल क्लासिको हो ?

‘आशा गरौं हैन । उनले बार्सिलोनामै बस्ने हामीले विश्वास लिएका छौं । र उनले बार्सिलोनाका लागि अझ धेरै क्लासिलो खेल्नेछन् ।’ उनले भने ।

एल क्लासिकोको नतिजापछि उपाधि होडमा रियल मड्रिड र एट्लेटिको मड्रिड अघि देखिएका छन् । तर बार्सिलोना होडबाट बाहिरिएको भने छैन ।

च्याम्पियन्स लिगको अन्तिम १६ मा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)संग पराजित भएपछि बार्सिलोनाको कोपा डेल रेमा केन्द्रित हुन चाहन्छ । आगामी शनिबार बार्सिलोनाले एट्लेटिको विल्बाओसंग खेल्दैछ ।

‘हामी अब अर्को खेलमा केन्द्रित हुन चाहन्छौं । त्यो निकै महत्वपुर्ण छ ।’ अमोरले भनेका छन्, ‘यो उपाधि जित्ने सम्भावना समेत छ ।’