शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एल क्लासिकोः बार्सिलोनालाई हराउँदै रियल शीर्ष स्थानमा

आइतबार, चैत्र २९ २०७७

एजेन्सी । साविक विजेता रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको एल क्लासिको भिडन्तमा बार्सिलोनामाथि २-१ गोलको जित निकाल्दै रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा १० खेलाडीमा समेटिएको रियललाई जित दिलाउन करिम बेन्जिमा र टोनी क्रुसले एक एक गोल गरे ।

बार्सिलोनाका ओस्कार मिन्गुएजाले एक गोल फर्काए ।

el clasico.JPG

खेलको १३ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

खेलको २८ औं मिनेटमा क्रुसले गोल गर्दै रियललाई २-० को अग्रता दिलाए ।

खेलको ६० औं मिनेटमा ओस्कारले एक गोल फर्काएपनि बार्सिलोना २-१ ले पराजित भयो ।

यस्तै खेलको इन्जुरी समय कासिरिमोले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै रियलले ३० खेलमा ६६ अंक जोडेको छ । रियलले एट्लेटिको मड्रिडलाई हेड टु हेडमा पछि पार्दै शीर्ष स्थान हासिल गरेको हो ।

एक खेल कम खेलेको एट्लेटिकोको पनि ६६ अंक रहेको छ ।

बार्सिलोना ६५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

 

el clasico5.JPG

el clasico3.JPG

el clasico2.JPG

el clasico6.JPG

el clasico7.JPG