बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सेयर कारोवार रकम बढ्यो, सातामा ३७ अर्ब ६० करोड रुपैयाँको सेयर कारोवार 

शुक्रबार, चैत्र २७ २०७७

काठमाडौं ।  यो साता सेयर कारोवार रकम बढेको छ । नेप्से पाँच कार्यदिन नै खुल्ला रहेकोमा चार दिन नेप्से बढेर एक दिन घटेको थियो । सोही आधारमा नेप्से सुचक तथा कारोवार रकम यो साता दुबै बढेका हुुन । नेप्से यो साता बढेर २६ सय ७४ दसमलव ३५ अंकमा पुग्दा सेन्सिटिभ पनि चार सय ७६ दसमलव ५१ अंकमा चढेको छ । यो साता दुई सय १५ वटा कम्पनीहरुको तीन लाख ९३ हजार ४३ पटकको कारोवारमा आठ करोड एक लाख पाँच हजार तीन सय ७१ कित्ता सेयर किनबेच हुदा कारोवार रकम ३७ अर्ब ६० करोड ५० लाख तीन हजार सात सय दुई रुपैयाँ पुगेको छ ।
यो कारोवार रकम गत साताको तुुलनामा बढेको हो । नेप्सेमा गत साता भने दुई सय १८ वटा कम्पनीहरुको दुई लाख ७४ हजार पाँच सय २० पटकको कारोवारमा चार करोड ७० लाख २१ हजार दुई सय ५३ कत्ता सेयर खरिद बिक्री हुदा कारोवार रकम २४ अर्ब एक करोड ३९ लाख पाँच हजार नौ सय ७० रुपैयाँ पुगेको थियो । 
यो साता नेप्से पहिलो, दोस्रो, तेस्रो र पाँचौं दिन नेप्से बढेपनि चौथो दिन भने घटेको थियो । ति मध्ये पहिलो दिन नेप्से २५ दसमलव ७१ अंकले बढेर २६ सय ५७ दसमलव ६१ अंकमा पुुगेको थियो भने सेन्सिटिभ चार दसमलव ३३ अंकले बढेर चार सय ७० दसमलव ७५ अंकमा पुगेको थियो । दोस्रो दिन नेप्से एक दसमलव १३ अंकले बढेर २६ सय ५८ दसमलव ७४ अंकमा पुगेको थियो भने सेन्सिटिभ एक दसमलव नौ अंकले बढेर चार सय ७१ दसमलव ८४ अंकमा पुगेको थियो । तेस्रो दिन पनि नेप्से १५ दसमलव ७२ अंकले बढेर दुुई हजार छ सय ७४ दसमलव ४६ अंकमा पुगेको थियो भने सेन्सिटिभ चार दसमलव ३४ अंकले बढेर चार सय ७६ दसमलव १८ अंकमा पुगेको थियो । चौथो दिन भने नेप्से दुुई दसमलव ८५ अंकले घटेर दुुई हजार छ सय ७१ दसमलव ६१ अंकमा झरेको थियो सेन्सिटिभ भने शुन्य दसमलव ६२ अंकले बढेर चार सय ७६ दसमलव ८० अंकमा चढेकोे थियो । पाँचौ दिन भने नेप्से दुुई दसमलव ७४ अंकले बढेर दुुई हजार छ सय ७४ दसमलव ३५ अंकमा चढेको थियो भने सेन्सिटिभ शुन्य दसमलव २८ अंकले घटेर चार सय ७६ दसमलव ५१ अंकमा झरेको थियो । 
यो साता बढी रकम कारोवार गर्नेहरुमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल पुर्नबीमा कम्पनी, चन्द्रागिरी हिल्स लिमिटेड आदि अगाडि परेका थिए कारोवार संख्याको आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेशनल हाईड्रो पावर कम्पनी अगाडि परेका थिए । पुंजीकरणका आधारमा आधारमा यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक अगाडि परेका थिए । यो साता बरुण हाईड्रो पावर कम्पनी, श्री इन्भेष्टेमन्ट एण्ड फाईनान्स कम्पनी, न्यादी ग्रुुप पावर लिमिटेड, ज्योति लाईफ इन्स्योरेन्स कम्पनी, सिद्धार्थ बैंक, गुह्ेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स, नेपाल बैंक सहितका कम्पनीहरुको बोनस, हकप्रद तथा साधारण सेयर सुचीकृत भएका थिए ।   
दैनिक सेयर कारोवार तालिका
दिन        कम्पनी संख्या   कारोवार संख्या  कित्ता  कारोवार रकम
पहिलो दिन २१२  ८९८६०  १८१७३३७८ ९००६८५८५५८
दोस्रो दिन २१२  ७३५९८   १५८५३९९३ ७२९६७६०१५६
तेस्रो दिन २१३  ८१७५३   १६१०८४९९ ७४७७७९५७३८
चौथो दिन २१५  ७६५९१   १६५९३५०१ ७२६६९७२५७०
पाँचौं दिन २०७  ७१२४१   १३३७६००० ६५५६६१६६८०
आर्टिकलको लागि 
कोभिड १९ बिश्व महामारी र पर्यटन उद्योग
बिश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को महामारीका कारण पर्यटन क्षेत्र अहिले संकटमा परेको छ । यो महामारीले बिश्व भ्रमण गर्ने पर्यटकको संख्या सन् २०२० मा ७४ प्रतिशतले कमी आएको तथ्यांक केही समयअघि संयुक्त राष्ट्र संघ अन्तर्गत रहेको विश्व पर्यटन संगठन (युएनडब्लुटिओ) ले प्रकाशित गरेको छ । जबकि सन् २०१९ मा भन्दा सन् २०२० मा ३ देखि ४ प्रतिशतले विश्व भ्रमण गर्ने पर्यटकको संख्या बढ्ने प्रक्षेपण गरिएको थियो ।
सन् २०१९ मा १ अर्ब ५० करोड मानिसहरुले पर्यटक भई (ओभर नाइट स्टे) विश्व भ्रमण गर्न निक्लेका थिए । यसरी हेर्दा विश्व पर्यटन उद्योगले सन् २०२० मा ठूलो संख्यामा पर्यटक मात्रै गुमाएन कि, पर्यटक गुमाए सँगसँगै पर्यटनबाट हुने आमदानी पनि ठूलो मात्रामा गुमाएको छ । विश्व पर्यटन संगठन (युएनडब्लुटिओ) ले प्रकाशित गरेको प्रतिवेदनअनुसार सन् २०२० मा मात्रै पर्यटनबाट हुने आमदानीमध्ये १० खर्ब ३ अर्ब अमेरिकी डलर खूद आमदानी गुमाएको छ । (मैले डलरलाई नेपाली रुपैयाँमा हिसाव निकाल्न सही हिसाव किाल्न नजानेको भए सच्याउन हुन लेख रचना प्रमुख ज्युलाई हार्दिक अनुरोध छ !) यो भनेको सन् २००९ मा विश्वव्यापी रुपमा छाएको आर्थिक मन्दीको समयमा विश्व पर्यटन उद्योगले गुमाएको आमदानी भन्दा ११ पटकले बढी हो ।  
नेपालमा पनि सन् २०२० मा कम्तिमा पनि २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने नेपाल सरकारको लक्ष्य रहेको थियो । त्यसका लागि नेपाल सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष–२०२०’ मनाउने घोषणा गरेको थियो । तर, (कोभिड–१९) को व्यापक असरका कारण विश्वका प्रायः सबै देशले आप्mनो देशमा विदेशीलाई भ्रमण गर्नमा प्रतिवन्ध लगाएसँगै नेपाल सरकारले पनि ढीला गरी ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई स्थगन गरेको थियो । त्यसो त (कोभिड–१९) को महामारीकै कारणले गर्दा विश्व भ्रमण गर्ने पर्यटकको संख्या सन् २०२० मा ७४ प्रतिशतले कमी आएको तथ्यांक माथि नै उल्लेख गरिसकिएको छ । फलतः नेपालमा सन् २०२० मा केवल २ लाख ३० हजार ८५ जना विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेका थिए । यसरी सन् २०१९ को अन्त्यतिर चीनबाट सुरु भएको (कोभिड–१९) को महामारीले विश्वव्यापी असर नपुर्याएको भए निश्चय नै विश्व पर्यटनमा सकारात्मक असरको प्रभावपर्ने थियो भनी ठोकुवा गर्न सकिन्छ । यसरी हेर्दा आगामी दिनमा पनि हामीले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरुको संख्या कसरी बढाउने ? त्यसका लागि फेरि पनि विशेष ध्यान दिनुपर्ने देखिन्छ । हुन त सन् २०२१ को पहिलो महिना अर्थात् जनवरी महिनामा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको संख्या उल्लेख्य रुपमा बढेको मान्न सकिन्छ । किनभने हालै अध्यागमनको हवाला दिँदै नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको एक समाचारअनुसार सन् २०२१ को जनवरी महिनामा ८ हजार ८७४ जना विदेशी पर्यटकहरुले नेपाल भ्रमण गरेका छन् । संख्याकै आधारमा हेर्दा यो भनेको धेरै राम्रो संख्या हो भन्न सकिन्छ । 
नेपाल सरकारले नयाँ पर्यटन नीति ल्याउन लागेको हुँदा यो नयाँ नीतिमा ‘कुनै देशका विदेशी पर्यटकले आप्mनो देशमा कोभिड–१९ महामारी विरुद्घको भ्याक्सिन लगाएर आएको प्रमाणपत्र (सर्टिफिकेट) देखाएमा विगतमा जस्तो नेपालमा ७ दिन वा १० दिन क्वारेन्टाइन नबसीकनै नेपालको कुनै पनि पर्यटकीय क्षेत्र घुम्न जान पाउने छन् ।’ निश्चय नै नेपाल सरकारको यो नयाँ नीतिले गर्दा नेपाल आएर ७ वा १० दिनसम्म अकारण बसेर अनावश्यक खर्च गर्नुपर्ने जुन वाध्यता थियो, त्यो नीतिले गर्दा निम्न र निम्न–मध्य आय भएका विदेशी पर्यटकहरुलाई अनावश्यक खर्च गर्नुपर्ने समस्या हट्ने छ भने, धन्याढ्य र समय कम हुने धनीमानी विदेशी पर्यटकहरुका लागि पनि बेकारमा ७ वा १० दिनसम्म बस्ने र अनावश्यक समय खर्च गर्नुपर्ने समस्या हट्ने छ । हुन त नेपाल सरकारको अबदेखि कुनै पनि पर्यटकले ७ वा १० दिन क्वारेन्टाइनमा बस्नु नपर्ने प्रावधान वा भनौं नीतिले नेपाल भ्रमण गर्न चाहने विदेशी पर्यटकहरु ह्वार–ह्वार्ती आउने र उखरमाउलै गरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरुको संख्या बढ्ने छ भन्ने अवश्य नै होइन ।
त्यस्तै केही गरी अवस्था ठीकठाक ! भएर सन् २०२० मा ‘नेपाल भ्रमण वर्ष–२०२०’ मनाउन पाएकै भए पनि २० लाख त त्यस्तै हो, १४ लाख ४०÷५० हजारदेखि १५ लाख (अनुमानित, किनभने, होटल बाहेक अन्य पूर्वाधार जस्तै अन्तर्राष्ट्रिय हवाई यातायात लगायत पूर्वाधार अभैm पनि पूर्ण क्षमतामा बनी सकेको छैन, नेपालमा !) सम्म विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने थिए होलान् कि !? निश्चय नै सन् २०२० मा विदेशी पर्यटकको संख्या २० लाख नपुगे तापनि ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई नेपालको पर्यटनलाई विश्वव्यापी रुपमा प्रचारप्रसार गर्ने एउटा सुनौलो अवसर वा भनौं ‘प्लेट फर्म’को रुपमा भने पक्कै पनि प्रयोग गर्न सक्थ्यो, नेपालले । हुन पनि हाम्रो जस्तो कूल ग्राह्रस्त उत्पादन (जीडीपी) मा पर्यटन उद्योगको योगदान केवल २.३, २.९, 
३.४ देखि बढी मा ४.७ सम्म रहेको देशमा समेत लगभग १० महिनामा (कोभिड–१९ को महामारी यता) मात्रै २४ अर्बभन्दा बढी नेपाली रुपैँया बराबरको क्षति व्यहोरेको थियो । त्यस्तै पर्यटन क्षेत्रमा लागेका खासगरी पर्वतारोहण, पदयात्रा, र्याप्mिटङ, होटेल आदिका मजदुरहरुको त अहिलेसम्म बिचल्ली अवस्था छ । पर्यटन व्यवसायी (मालिकहरु) का लागि भने नेपाल सरकारले सानो–तिनो सहुलियत प्याकेज ल्याएको छ । पर्यटन मजदुरहरुका लागि पनि सरकारले केही न केही राहत र सहुलियत प्याकेज ल्याउनुपर्ने थियो । किनभने, मजदुरहरु भनेको केवल पर्यटन क्षेत्रमा मात्रै नभएर जुनसुकै क्षेत्रमा पनि मेरुदण्ड नै हुन् । तर, पनि सरकारले पर्यटन मजदुरहरुका लागि कुनै कार्यक्रम ल्याएन । सरकारले उल्टै पर्यटन मजदुरहरुका लागि पनि सरकारले केही न केही प्याकेज, राहत र सहुलियत उपलब्ध गराउनु पर्यो भनी नेपाल पर्यटन बोर्डमा आप्mनो माग राख्न गएको पर्यटन मजदुरहरुको टोलीलाई प्रहरी प्रशासनले लाठी–मुङ्ग्री ! गर्ने गरेको देखिन्छ । जुन काम पर्यटन मजदुरहरु माथि भएको छ, त्यो सर्वथा अन्याय हो । 
मथि सुरुमा भनिए झैं विश्व पर्यटन संगठन (युएनडब्लुटिओ) ले प्रकाशित गरेको प्रतिवेदन अनुसार सन् २०१९ को अवस्थामा पुग्न विश्व पर्यटन उद्योगलाई धेरै समय लाग्ने देखिन्छ । सन् २०२३ मा ४३ प्रतिशतसम्म विश्व पर्यटनमा ‘रिकभर’ हुने अपेक्षा गरिएको छ । 
कुन कम्पनीको बार्षिक साधारण सभा कहिले ?  
नाम   किसिम  स्थान    मिती एजेण्डा 
सिउरी न्यादी पावर लिमिटेड तेस्रो र चौथो  कम्पनीको कार्यालय, अनामनगर  चैत ३०  बित्तीय बिवरण
उन्नती सहकार्य लघुबित्त संस्था छैठौं  होटल पौवा, रुपन्देही   चैत ३१  बित्तीय बिवरण
शुर्योदय लघुुबित्त बित्तीय संस्था आठौं  सहयात्री पार्टी प्यालेश रुपन्देही  चैत ३१  बित्तीय बिवरण
आरम्भ चौतारी लघुुबित्त बित्तीय संस्था पाँचौं  पञ्चकन्या बैेंकेट, बनेपा  चैत ३१  बित्तीय बिवरण 
सारथी लघुुबित्त बित्तीय संस्था १२ औं  होटल अरनिको धुलिखेल  बैशाख ३  बित्तीय बिवरण
रिलायन्स फाईनान्स  ११ औं  लैनचौर बैंकेट, लैनचौर   बैशाख २२  लाभांस 
अजोड इन्स्योरेन्स कम्पनी तेस्रो  वल्ड टे«ढ सेन्टर, त्रिपुरेश्वर  बैशाख ७  बित्तीय बिवरण
जनरल इन्स्योरेन्स कम्पनी तेस्रो  कम्पनीको कार्यालय हात्तिसार  बैशाख २६  बित्तीय बिवरण 
आईएमई जनरल इन्स्योरेन्स २३ औं  केन्द्रिय कार्यालय, नक्साल  बैशाख १२  बित्तीय बिवरण
नयाँ सेयर जारी गर्ने कम्पनीमा थप्ने     
क्रस  कम्पनीको नाम  प्रकार कित्ता  खुल्ला बन्द   बिक्री प्रवन्धक
१ रु रु जलबिद्युुत परियोजना साधारण ४०७७०६  चैत २० चैत २४ (छिटोमा) बैशाख ३ (ढिलोमा) एनएमबी क्यापिटल लिमिटेड
२ अरुण भ्याली हाईड्रो पावर  हकप्रद ५२४११९७ बैशाख ६  बैशाख २६  मुक्तिनाथ क्यापिटल लिमिटेड
आव २०७७—०७८ को दोस्रो त्रैमासमा बैक तथा फाईनान्सहरुले कायम गरेको चुक्ता पुंजी 
बाँणिज्य बैक तर्फ 
क्रस बैककोे नाम  चुक्ता पुंजी  
१ सिटिजन बैंक  ९८१७००२.६७ 
२ नेपाल इन्भेष्टमेन्ट बैंक   १४२४८९५५ 
३ कुमारी बैंक   १३८७८४७४.८३ 
४ नेपाल बंगलादेश बैंक  ८४९५८१४.२९ 
५ प्रभुु बैंक    ११३४७०५७ 
६ सानिमा बैक  ९६८१५१९.०८ 
७ सनराईज बैंक  ९४८७९४४.४९ 
८ नेपाल बैंक   १२६३६७५८.६२ 
९ सिद्धार्थ बैंक  ९७८७७६७.१४ 
१० एनसीसी बैंक  ९३५३९१६.९४ 
११ नेपाल एसबिआई बैंक  ८९५६२०५.५५ 
१२ नबिल बैंक   १३४८०१५९ 
१३ कृषि बिकास बैंक   १६४२२६४१.८० 
१४ मेगा बैंक   १४६५४९६४.९५ 
१५ लक्ष्मी बैंक   १०६९५६९० 
१६ एनआईसी एशिया बैंक  ११५६४००५.३६ 
१७ ग्लोवल आईएमई बैंक  २१६३२५०३  
१८ एनएमबी बैंक  १४४४७७५३ 
१९ स्टान्र्डड चार्टड बैंक  ८५७२२३१  
२० माछापुच्छे« बैंक  ९०५३०९४.५८ 
२१ सिभिल बैंक  ८००३३९०  
२२ बैंक अफ काठमाडौं   ९६५८१७६.४२ 
२३ हिमालयन बैंक  १०६८४०००.८२ 
२४ सेञ्चुरी बैंक  ९०३४४३०  
२५ एभरेष्ट बैंक  ८९३३७१७  
२६ प्राईम कर्मसियल बैंक  १६०८३०३६.९३ 
२७ राष्ट्रिय बाँणिज्य बैंक  ९००४७९५.७० 
२८ नेपाल इन्फ्रास्ट्रक्चर बैंक  १२०००००० 
बिकास बैक तर्फ 
क्रस बैंकको नाम  चुक्ता पुंजी  
१ कामना सेवा बिकास बैंक  २५४०१९५.३५ 
२ मुक्तिनाथ बिकास बैंक   ४८११५५०.८० 
३ ज्योति बिकास बैंक  ३४९५२९३.४३ 
४ गरिमा बिकास बैंक  ३२३८६८९.४२ 
५ नारायणी डेभलपेन्ट बैंक  ६५६१६.९० 
६ ग्रिन डेभलमेन्ट बैंक  ५००००० 
७ मितेरी डेभलपमेन्ट बैंक  ७९७३७६.९३ 
८ लुम्विनी बिकास बैंक  २९०६४५३.५५ 
९ एक्सेल डेभलपमेन्ट बैंक  ८१११२१.२२ 
१० शाईन रेसुंगा डेभलपमेन्ट बैंक  ३४०८४६३.९०  
११ महालक्ष्मी बिकास बैंक   ३०७२०६१.३२ 
१२ सिन्धुु बिकास बेंक  ५५७४५६.०६ 
१३ साँग्रिला डेभलपमेन्ट बैंक  २६०६६४०.४० 
१४ कर्पोरेट डेभलपमेन्ट बैंक  ४१०००० 
१५ कर्णाली डेभलपमेन्ट बैंक  ५०२८३० 
१६ सहारा बिकास बैंक  १६३३६६.९३ 
फाईनान्स तर्फ 
क्रस फाईनान्सको नाम  चुक्ता पुंजी  
१ गोर्खाज फाईनान्स  ८६७९९३.८० 
२ समृद्धि फाईनान्स  ४०३८६९  
३ मञ्जुुश्री फाईनान्स  ९६५३९५  
४ रिलायन्स फाईनान्स  ८३२४१६ 
४ प्रोग्रेसिभ फाईनान्स  ८००१००  
५ पोखरा फाईनान्स  ९१७२८१.७० 
६ युनाईटेड फाईनान्स  १०४०८३४.६४ 
७ श्री इन्भेष्टमेन्ट फाईनान्स  ८९०१३४.८८ 
८ बेष्ट फाईनान्स  ८२८९१३.७८ 
९ गुुह्ेश्वरी मर्चेन्ट फाईनान्स  ८६४००० 
१० आईसीएफसी फाईनान्स  १०२४२६५.८० 
११ गुुडविल फाईनान्स  ८६७२००  
१२ जानकी फाईनान्स  ६००४११.१० 
१३ नेपाल फाईनान्स  ३०५५५१ 
१४ सेन्ट्रल फाईनान्स  ८२३३९७.७८ 
१५ सिर्जना फाईनान्स  ८४७८३८.८८ 
१६ मल्टीपर्पस फिनान्स  २२४०३७.९० 
लघुबित्त बित्तीय संस्थातर्फ
क्रस संस्थाको नाम  चुक्ता पुंजी  
१ फष्र्ट माईक्रो फाईनान्स  ८७६८११  
२ महिला लघुबित्त बित्तीय संस्था  ६०००० 
३ मिर्मिरे लघुबित्त संस्था  ३९८६२६.३२ 
४ लक्ष्मी लघुबित्त संस्था  ३२००४५ 
५ नेपाल एग्रो लघुबित्त संस्था  ५७२४४ 
६ आरएमडिसी लघुबित्त संस्था  १०३४२२१.९४  
७ आरएसडिसी लघुबित्त संंस्था  ७३१९६० 
८ आरम्भ चौतारी लघुबित्त संस्था  २६३४४८ 
९ एनएनएमबी लघुुबित्त संस्था  ५३९८०५ 
१० नेरुडे लघुबित्त बित्तीय संस्था  ४५७२९४.०५ 
११ स्वदेशी लघुबित्त संस्था    २७६००० 
१२ समिट लघुुबित्त संस्था  ३९३३००  
१३ एनआईसी एशिया लघुुबित्त  १४८०००० 
१४ समता लघुबित्त संस्था  २२९३४०.१६ 
१५ राष्ट्र उत्थान लघुुबित्त संस्था  १७५००० 
१६ सामुदायिक लघुबित्त संस्था १३२००० 
१७ आशा लघुुबित्त संस्था   २६७१३१.२० 
१८ सिभिल लघुुबित्त संस्था  २३३९३४ 
१९ सारथी लघुुबित्त संस्था  २३५३८६.१५ 
२० घोडीघोडा लघुुबित्त संस्था  २७६२५  
२१ मेरो लघुबित्त बित्तीय संस्था  १०००००० 
२२ गुराँस लघुबित्त बित्तीय संस्था  ८३४०० 
२३ छिमेक लघुुबित्त संस्था  १८३००००  
२४ जीवन बिकास लघुुबित्त संस्था  ४१०६७० 
२५ फरवार्ड माईक्रो फाईनान्स  ५००४१५  
२६ ईन्फिनिटी लघुुबित्त संस्था २६०६५० 
२७ वोमी लघुबित्त बित्तीय संंस्था ३६१२०२ 
२८ साधना लघुबित्त बित्तीय संस्था  २१७७८०  
२९ स्पर्श लघुबित्त बित्तीय संस्था ११२०२९.०९    
३० ग्लोवल आईएमई लघुबित्त संस्था ३३०८८४.२३   
३१ महुली लघुबित्त बित्तीय संस्था १८६६२०  
३२ स्वरोजगार लघुबित्त बित्तीय संस्था ३६५९३७.१२    
३३ कालिका लघुबित्त संस्था २५२३३०  
३४ गणपती लघुबित्त संस्था १२७३५६.७६    
३५ ग्रामिण लघुबित्त संस्था  ९८२५००  
३६ आत्मनिर्भर लघुबित्त संस्था ४२०००  
३७ आँधिखोला लघुबित्त संस्था १०००००  
३८ शुुर्योदय लघुबित्त संस्था २१५०४२.९३  
३९ सर्पोट लघुबित्त बित्तीय संस्था  ६६०००  
४० बिजय लघुबित्त संस्था    २६६५९७.४९ 
४१ स्वाभिमान लघुबित्त संस्था  ७६७०७.६४ 
४२ महिला सहयात्रा लघुुबित्त संस्था १३३१००  
४३ मिथिला लघुबित्त संस्था १२१७४०.८४   
४४ नेपाल सेवा लघुुबित्त संस्था  ६१५००  
४५ निर्धन उत्थान लघुबित्त संस्था  १५००००० 
४६ उन्नती लघुबित्त संस्था  १४९५३६.६५ 
४७ स्वस्तीक लघुबित्त संस्था  १२०००  
४८ सबैको लघुबित्त बित्तीय संस्था  १८६४५०  
४९ डिप्रोक्स लघुबित्त संस्था  १०५४८३३.५७ 
५० नाडेप लघुबित्त बित्तीय संस्था  ४०४८०० 
५१ नेशनल माईक्रो फाईनान्स   २६४०४५ 
५२ साना किसान लघुुबित्त संस्था  १२५०२८६.७८ 
५३ घरेलु लघुबित्त बित्तीय संस्था ७०३५० 
५४ जनउत्थान लघुबित्त संस्था  ७९२०० 
५५ मानुुषी लघुबित्त संस्था  ७००००  
५६ स्वालम्वन लघुबित्त संस्था  ७९२३९९ 
५७ अभियान लघुबित्त बित्तीय संस्था  १५२५०० 
५८ किसान लघुुबित्त संस्था   ३९२८०८.७८ 
(श्रोत सम्वन्धीत संस्थाको दोस्रो त्रैमासिक अपरिष्कृत बित्तीय बिवरण)