शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

झापाको सामाजिक माथि सहज जित

शुक्रबार, चैत्र २७ २०७७

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबल अन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा झापा फुटबल क्लबले जित निकालेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा झापाले सामाजिक युवा क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

झापाको जितमा गणेश हेम्रुन र मौसम सुब्बाले एक एक गोल गरे ।

खेलको ४६ औं मिनेटमा गणेशले गोल गर्दै झापालाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८७ औं मिनेटमा मौसमले गोल गर्दै झापालाई २-० को जित दिलाए ।

सुपर सिक्स अन्तर्गत नै पहिलो खेलमा चर्च ब्वाइजले खालीबारी युवा क्लबसँग १-१ गोलको बराबरी खेलेको थियो ।

सुपर सिक्सको शीर्ष ३ टोली ‘बी’ डिभिजनमा बढुवा हुनेछ ।