शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

चर्च र खालीबारीको बराबरी

शुक्रबार, चैत्र २७ २०७७

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबल अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा चर्च ब्वाइज क्लब र खालीबारी युथ क्लबले बराबरी खेलेका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा चर्च र खालीबारीले १/१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।

खेलमा सुरुवाती अग्रता भने चर्चले बनाएको थियो । खेलको दोस्रो मिनेटमा कुवेर न्यौपानेले गोल गर्दै चर्चलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ३८ औं मिनेटमा इमान लामाले गोल गर्दै खालीबारीलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो ।

सुपर सिक्सको शीर्ष ३ टोली ‘बी’ डिभिजनमा बढुवा हुनेछ ।