काठमाडौं । नेप्से सामान्य अंकले बढेको छ । आज बिहिबार नेप्से दुुई दसमलव ७४ अंकले बढेर २६ सय ७४ दसमलव ३५ अंकमा चढेको भएपनि सेन्सिटिभ भने शुन्य दसमलव २८ अंकले घटेर चार सय ७६ दसमलव ५१ अंकमा पुगेको छ । आज दुई सय सात वटा कम्पनीहरुको ७१ हजार दुई सय ४१ पटकको कारोवारमा एक करोड ३३ लाख ७६ हजार कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम छ अर्ब ५५ करोड ६६ लाख १६ हजार छ सय ८० रुपैयाँ पुगेको छ ।
आज १३ वटा समुहको कारोवार हुदा छ वटा समुहले गुमाएकाछन भने सात वटा समुहले कमाएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक एक दसमलव ८९ अंकले बढेर १८ सय २० दसमलव ९५ चढेकोमा बिकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, फाईनान्स, लघुबित्त र सामुहिक लषनी कोष समुहको सुचकहरु पनि बढेकाछन । जलबिद्युत समुहको सुचक भने आज २३ दसमलव ३३ अंकले घटेर २६ सय १४ दसमलव ३९ अंकमा झरेकोमा निर्जिवन बीमा, टेडिङ, उत्पादनमुलक, अन्य र लगानी समुहको सुचकहरु पनि घटेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनआईसी एशिया लघुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीह्रुको सुचीमा पहिलो स्थानमा पञ्चकन्यामाई हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा अपर तामाकोशी हाईड्रो पावर कम्पनी परेको छ ।