शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेपाली कथानक चलचित्र रिभेन्जको पहिलो गीत “तिमी देखि टाढा टाढा” सार्वजनिक

बिहिबार, चैत्र २६ २०७७

काठमाण्डौं ।  डिएस डिजिटल सिनेमाको ब्यानरमा निमार्ण भएको नेपाली कथानक चलचित्र रिभेन्जको पहिलो गीत  “तिमी देखि टाढा टाढा” सार्वजनिक भएको छ । मोहन गमालको प्रस्तुती एवम शंकर अधिकारी घायलको लेखन÷ निर्देशन रहेको रिभेन्ज को पहिलो गीत ओएस आर डिजिटल बाट रिलिज गरिएको छ । 
वियोगान्त कथा बोकेको यस गीतमा विशाल अग्रवाल र प्रीतिका शर्मा लाई फिचरिङ गरिएको छ । कृष्ण पाण्डे को छायांकन राजन महर्जन को नृत्य र बिश्वास भण्डारी को सम्पादन रहेको छ ।  कोरोनाको डर र त्रास नरहे असार को पहिलो साता रिलिज हुने तयारीमा रहेको छ ।