बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

च्याम्पियन्स लिग : रियल र लिभरपुल भिड्दै

मंगलबार, चैत्र २४ २०७७

एजेन्सी ।  फुटबल अन्तर्गत क्वाटरफाइनलको खेलहरु आजबाट सुरु हुँदैछ ।

क्वाटरफाइनलको पहिलो लेगमा आज दुई खेलहरु हुनेछ । दुबै खेल राति १२:४५ बजे सुरु हुनेछ ।

आज रियल मड्रिड र लिभरपुल तथा म्यानचेस्टर सिटी र बोरुसिया डर्टमण्डबीच प्रतिस्पर्धा हुनेछ ।

स्पेनिस क्लब रियलले घरेलु मैदानमा इंग्लिस क्लब लिभरपुलसँग खेल्नेछ ।

दुबै टिम पहिलो लेगमा जित निकाल्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।

त्यसैले रियल र लिभरपुलबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

यस अघि रियल र लिभरपुलबीच सन् २०१८ को फाइनलमा प्रतिस्पर्धा गरेका थिए ।

liverpool.JPG

जसमा रियलले ३-१ को जित निकाल्दै उपाधि जितेको थियो ।

लिभरपुल उक्त हारको बदला लिने योजनामा हुनेछ । तर, घरेलु टिमविरुद्ध जित निकाल्न सहज हुने छैन ।

रियलका कप्तान सर्जियो रामोसले चोटको कारण लिभरपुलसँगको खेल गुमाउने छन् ।

अर्को खेलमा इंग्लिस क्लब सिटीले घरेलु मैदानमा जर्मन क्लब डर्टमण्डसँग खेल्नेछ ।

प्रिमियर लिगको लिग लिडर सिटी डर्टमण्डलाई हराएर सेमिफाइनल नजिक पुग्न चाहन्छ ।

डर्टमण्ड पनि सिटीलाई हराएर अर्को चरणमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।