काठमाडौं । नेप्से आज पनि बढेको छ । आज मंगलबार नेप्से १५ दसमलव ७२ अंकले बढेर २६ सय ७४ दसमलव ४६ अंकमा पुग्दा सेन्सिटिभ चार दसमलव ३४ अंकले बढेर चार सय ७६ दसमलव १८ अंकमा चढेको छ । दुई सय १३ वटा कम्पनीहरुको ८१ हजार सात सय ५३ पटकको कारोवारमा एक करोड ६१ लाख आठ हजार चार सय ९९ कित्ता सेयर किनबेच भएकाछन भने कुल सेयर कारोवार रकम सात अर्ब ४७ करोड ७७ लाख ९५ हजार सात सय ३८ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा छ वटा समुहले गुमाएकापनि सात वटा समुहले भने कमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दसमलव ५९ अंकले घटेर १८ सय १३ दसमलव ८३ अंकमा झरेकोमा निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, फाईनान्स र अन्य समुहको सुचक पनि उच्च अंकले घटेकाछन । बिकास बैंक समुहको सुचक भने २९ दसमलव ९७ अंकले बढेर दुुई हजार छ सय ९४ दमसलव ३९ अंकमा चढेको छ भने जलबिद्युत, होटल तथा पर्यटन, लघुबित्त, उत्पादनमुलक, सामुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि बढेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा युनाईटेड इदी मर्दी हाईड्रोपावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा साल्ट टेडिङ कर्पोरेशन नेपाल लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक परेको छ ।