बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आहा रारा गोल्डकप- थ्री स्टार र पुलिस भिड्दै

मंगलबार, चैत्र २४ २०७७

पोखरा । पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबलको अन्तिम क्वाटरफाइनलमा खेल आज हुँदैछ ।

पोखरा रंगशालामा हुने अन्तिम क्वाटरफाइनलमा थ्री स्टार क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

थ्री स्टार र पुलिसबीचको खेल दिउँसो ३:०० बजे सुरु हुनेछ ।

आज दुई ‘ए’ डिभिजन क्लब जित निकाल्दै अन्तिम चारमा पुग्न चाहन्छ ।

विजेताले सेमिफाइनलमा अफ्रिकन रुट एसोसियसनसँग प्रतिस्पर्धा गर्नेछ ।

मछिन्द्र क्लबलाई हराएर अफ्रिकन सेमिफाइनलमा पुगिसकेको छ ।

थ्री स्टारले सोमबार मात्र बागमती गोल्डकपको उपाधि जितेको थियो ।

थ्री स्टारले हालसम्म आहा रारामा २३ खेल खेलेको छ । जसमा १५ खेल जितेको छ ।

थ्री स्टार ३ पटकको विजेता र एक पटकको उपविजेता हो ।

पुलिस आहा राराकै सर्वाधिक सफल टिम हो ।

पुलिसले ४३ खेलमा ३२ जित निकालेको छ ।

पुलिसले ७ पटक उपाधि जित्दा ४ पटक उपविजेता बनेको छ ।

दुई टिमबीच आहा रारामा ७ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा पुलिसले ६ खेल जितेको छ । थ्री स्टारले एक मात्र खेल जितेको छ ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।