शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

‘सी’ डिभिजन लिग – सुपर सिक्स पुग्ने टिमको तय

मंगलबार, चैत्र २४ २०७७

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलको समूह चरणको खेलहरु सकिएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार दुई खेल भएसँगै समूह चरणको खेल सकिएको हो ।

समूह चरणको खेल सकिएपछि लिगको सुपर सिक्समा पुग्ने टिमको समेत टुंगो लागेको छ ।

super6 team.JPG

दुई समूहबाट ३-३ टिमले सुपर सिक्समा स्थान बनाएका छन् ।

समूह ‘ए’ बाट विरगंज युथ एकेडेमी, झापा फुटबल क्लब र खालीबारी युथ क्लबले सुपर सिक्समा स्थान बनाएका छन् ।

यस्तै समूह ‘बी’ बाट चर्च ब्वाइज, सामाजिक युवा क्लब र विरगंज युनाईटेड क्लबले सुपर सिक्समा स्थान बनाएका छन् ।

अब सुपर सिक्सको टिमले एक अर्काविरुद्ध ३/३ खेल खेल्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली ‘बी’ डिभिजनमा बढुवा हुनेछ ।

सुपर सिक्सको खेलहरु बिहीबारबाट सुरु हुनेछ ।

समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा सानोगौचरण युथ क्लब र सानेपा क्लबले खेल्ने छन् ।

यस प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।

suoer 6.JPG