बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सोनाको स्वरमा ‘मेरो माया करोडमा’ सार्वजनिक

मंगलबार, चैत्र २४ २०७७

सोनाको स्वरसँगै अभिनय समेत रहेको गीतको भिडियो सार्वजानिक कार्यक्रम उद्योग वाणिज्य संघकी निवर्तमान अध्यक्ष भवानी राणाको उपस्थितिमा गरिएको थियो । दीपक शर्माको शब्द र संगीत रहेको गीतमा सोनासँगै सुगम पोखरेलको स्वर रहेको छ । एड एजेन्सी फुल सर्कलकी सीईओ समेत रहेकी सोनाले ‘मेरो माया’ एल्बम अन्तर्गतको सिंगल गीत सार्वजनिक गरेकी हुन् । उनले आउँदो दिनमा यसका गीतहरुलाई सार्वजानिक गर्दै जाने र एल्बममा संग्रहित गर्ने समेत बताएकी छिन् । ‘गीतमा न्याय गर्ने कोसिश गरेकी छुँ’ उनले भनिन् । गीत सार्वजानिक कार्यक्रममा उपस्थित विभिन्न क्षेत्रका अथितिहरु र मिडियाकर्मीले पनि सोनाको गायकीसँगै अभिनयको प्रशंसा गरेका थिए ।
उनिसँगै भिडियोमा देखिएका सागर लम्साल ‘बले’ ले पनि काम गर्न निकै सहज भएको बताए । उनले पहिलो सहकार्य भएता पनि नयाँ जस्तो नलागेको प्रतिक्रिया दिए । ‘भिडियोको रिहल्सलमा केहि नर्भस थिए यद्दपी छायांकनमा भने काम राम्रो हुन्छ भन्नेमा विश्वस्त भईसकेको थिए । हाम्रो मेहनतले गीत राम्रो बने जस्तो लागेको छ । सोनाजीसँग काम गर्दा निकै राम्रो भयो’ सागरले भने । उनले गीतमा माया निस्वार्थ हुन्छ भन्ने भावलाई देखाईएको बताए । सोनाले पनि टीमले राम्रो काम गरेकोमा जोड दिईन् । उनले को–स्टार सागरसँगै निर्देशक गम्भीर विष्टले निकै सहज वातावरण सिर्जना गरेको बताइन । ‘गायन र नृत्यसँगै अभिनय पनि छ । यो सम्पूर्ण टीमको कारण सम्भव भएको हो’ सोनाले भने । शशी विक्रम थापासँग संगीतको औपचारिक शिक्षा लिएकी सोनाको गायन र अभिनयको प्रशंसा विशिष्ट अतिथि राणाले पनि गरिन् ।
‘उहाँले गायन र अभिनय मार्फत आफ्नो कामलाई न्याय गर्नु भएको छ । आउँदा दिनमा अझै सफलताको शुभकामना’ राणाले भनिन् । भिडियोमा सागर र सोनासँगै गोविन्द सिंह विष्टको पनि अभिनय रहेको छ । गीतमा माया अमुल्य हुने भावलाई भिडियो र अडियो मार्फत प्रस्तुत गर्ने कोसिश गरिएको छ । भिडियोमा शुभम भुजेलको कोरियोग्राफी , बुद्ध थापाको छायाँकन , नविन निरौलाको कलर र सम्पादन , दीपक आचार्यको भिडियो कन्सेप्ट रहेको छ भने भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् । गीत सार्वजनिक कार्यक्रममा टिकटक च्यालेन्ज पनि घोषणा गरिएको छ । सार्वजनिक गीतको उत्कृष्ट टिकटक बनाउने मध्ये तेस्रोलाई १० हजार नगद , दोस्रोलाई २० हजार नगदसँगै मोबाइल फोन र पहिलो हुनेलाई ५० हजार नगदसँगै मोबाइल फोन दिइने घोषणा गरिएको छ । यो पुरस्कार वितरण सोनाकै तीन सातापछी सार्वजनिक हुने नयाँ गीतको कार्यक्रममा गरिने बताइएको छ । लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराईले संचालन गर्नु भएको कार्यक्रममा लक्की ड्र मार्फत उपस्थित दुइ मिडियाकर्मीलाई मोबाइल सेट पनि प्रदान गरिएको थियो ।

Song Link :- https://youtu.be/7W-J2tgdQVo?t=82