काठमाडौं । नेप्सेमा झिनो अंकले सुधार आएको छ । आज सोमबार नेप्से एक दसमलव १३ अंकले बढेर २६ सय ५८ दसमलव ७४ अंकमा पुुग्दा सेन्सिटिभ पनि एक दसमलव शुन्य नौ अंकले बढेर चार सय ७१ दसमलव ८४ अंकमा चढेको छ । दुुई सय १२ वटा कम्पनीहरुको ७३ हजार पाँच सय ९८ पटकको कारोवारमा एक करोड ५८ लाख ५३ हजार नौ सय ९३ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम सात अर्ब २९ करोड ६७ लाख ६० हजार एक सय ५६ रुपैयाँ पुगेको छ ।
आज १३ वटा समुहको कारोवार हुंदा छ वटा समुहले गुमाएकाछन भने सात वटा समुहले कमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ११ दसमलव ७९ अंकले घटेर १८ सय १४ दसमलव ४२ अंकमा झरेको छ भने बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स र लगानी समुहको सुचक पनि घटेकाछन । जलबिद्युत समुहको सुचक भने ४६ दसमलव ४९ अंकले बढेर २५ सय ५६ दसमलव ६९ अंकमा चढेकोमा लघुुबित्त, टेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनआईसी एशिया लघुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा युनाईटेड फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज अपर तामाकोशी हाईड्रो पावर कम्पनी पहिलो स्थानमा परेको छ ।