आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

माओवादी २ सांसदको पद खारेज !

सोमबार, चैत्र २३ २०७७

काठमाडौं l नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश सभाका दुई प्रदेशसभा सदस्यलाई कारबाही गरेको छ। एमालेमा गएका भन्दै रूपन्देहीका दधिराम न्यौपाने र गुल्मीका दिनेश पन्थीलाई माओवादी केन्द्रले स्पष्टीकरण सोधेको थियो। प्रदेशसभा सदस्यद्वय न्यौपाने र पन्थीको कारबाहीबारे पत्र आएको लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए। 

प्रदेशसभा नियमावली १९० अनुसार पत्र आएको र अब नियमावली १९१ अनुसार सभामुखले प्रदेशसभामा जानकारी गराउने पुनले बताए। ‘पत्रअनुसार  सभामुखले तोक लगाउने हुँदा प्रक्रियाअनुसार कारबाही बढ्ने पनि उनले बताए।

सदस्यद्वयलाई कारबाही भए उनीहरूको पद खारेज हुने व्यवस्था छ। एमाले प्रवेश गरेपछि उनीहरूलाई माओवादीले २४ घण्टे स्पष्टीकरण सोधेको थियो। तर त्यसको एक साता बितिसक्दा पनि जवाफ नआएपछि कारबाही गरिएको माओवादीले जनाएको छ।