काठमाडौं । साताको पहिलो कारोवार दिन आईतबार नै नेप्से सुचक तथा कारोवार रकम दुबैमा उच्च बृद्धि देखिएको छ । आज नेप्से २५ दसमलव ७१ अंकले बढेर २६ सय ५७ दसमलव ६१ अंकमा पुुग्दा सेन्सिटिभ पनि चार दसमलव ३३ अंकले बढेर चार सय ७० दसमलव ७५ अंकमा चढेको छ । आज दुई सय १२ वटा कम्पनीहरुको ८९ हजार आठ सय ६० पटकको कारोवारमा एक करोड ८१ लाख ७३ हजार तीन सय ७८ कित्ता सेयर किनबेच भएकाछन भने कुल सेयर कारोवार रकम नौ अर्ब ६८ लाख ५८ हजार पाँच सय ५८ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा पाँच वटा समुहले गुमाएकाछन भने नौ वटाले कमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १४ दसमलव ६७ अंकले बढेर १८ सय २६ दसमलव २० अंकमा चढेकोमा बिकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, लघुबित्त, जीवन बीमा, फाईनान्स र अन्य समुहको सुचक पनि बढेकाछन । टेडिङ समुहको सुचक भने दुई सय तीन दसमलव ५९ अंकले घटेर चार हजार चार सय ३४ दसमलव ८६ अंकमा झरेकोमा होटल तथा पयर्टन, उत्पादनमुलक, सामुहिक लगानी कोष र लगानी समुहको सुचक पनि घटेकाछन ।
आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा वोमी लघुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टेमन्ट कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक परेको छ ।