बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मिकेलको निर्णायक गोलमा ३४ वर्षपछि कोपा डेल रेको उपाधि सोसिडाडलाई

आइतबार, चैत्र २२ २०७७

एजेन्सी । रियल सोसिडाडले सन् २०१९/२० स्पेनिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ ।

शनिबार राति भएको फाइनलमा एथ्लेटिक बिल्बाओलाई १-० गोल अन्तरले पराजित गर्दै सोसिडाडले उपाधि जितेको हो ।

सोसिडाडलाई च्याम्पियन बनाउन मिकेल ओयार्जाबलले निर्णायक गोल गरे । उनले खेलको ६३ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए ।

copa6.JPG

त्यहिँ मिकेलको गोल खेलमा निर्णायक बन्यो ।

यससँगै सोसिडाडले ३४ वर्षपछि पहिलोपटक कोपा डेल रेको उपाधि जित्न सफल भएको छ ।

सन् १९८७ पछि सोसिडाडको यो पहिलो उपाधि समेत हो ।

बिल्बाओले भने यहिँ अप्रिलमा कोपा डेल रेको अर्को फाइनल खेल्नेछ ।

सन् २०२०/२१ को फाइनलमा बिल्बाओले बार्सिलोनासँग खेल्नेछ ।

फाइनल खेल अप्रिल १७ मा हुनेछ  ।

copa.JPG

7.JPG

copa1.JPG

 

copa2.JPG

copa3.JPG