बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

आहा रारा गोल्डकपः मछिन्द्र र अफ्रिकन रुट भिड्दै

आइतबार, चैत्र २२ २०७७

 पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबलको दोस्रो क्वाटरफाइनल खेल आज हुँदैछ ।

पोखरा रंगशालामा हुने दोस्रो क्वाटरफाइनलमा मछिन्द्र फुटबल क्लब र अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा हुनेछ ।

मछिन्द्र र अफ्रिकन रुटबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मछिन्द्र अफ्रिकन रुटलाई हराएर अन्तिम चारमा पुग्न चाहन्छ ।

मछिन्द्रले हालसम्म आहा रारामा ४ खेल खेलेको छ । जसमा २ जित र २ हार व्यहोरेको छ ।

मछिन्द्र यस वर्ष पहिलो पटक आहा राराको उपाधि जित्न चाहन्छ ।

अफ्रिकन रुटको भने यो डेब्यु खेल हो ।

प्रतियोगितामा एपीएफ क्लब सेमिफाइनलमा पुगिसकेको छ ।

उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरालाई १-० ले हराएर एपीएफ अन्तिम चारमा पुगेको हो ।

प्रतियोगितामा स्वदेशी तथा बिदेशी गरी कुल ८ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेता टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।