बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

केसीको फोस्रो दौडधुप कायमै

शनिबार, चैत्र २१ २०७७

काठमाडौं । पछिल्लो समय विभिन्न रूपमा देशमा भएका अप्रिय घटनामा आफ्नो संगठनको हिसाबले देश र जनताको समस्यामा नजिक तथा विभिन्न विपत्मा पनि सक्रिय भूमिका खेलेको सशस्त्र प्रहरी बलको उचाइ निकै अतुलनीय रहेको छ । भूकम्प होस्, कोरोना होस् या सीमा सुरक्षालगायत भूमिकाको संगठनको प्रशंसनीय उल्लेख्य सहभागिता रहेको छ । देशको सीमा सुरक्षाका लागि विभिन्न बीओपीमा कठिन समयलाई पनि सहज रूपमा लिई आफ्नो सेवामा खटिएका सिपाहीलाई भने समयसमयमा नैराश्यताले भने छोडेको छैन । सानो दर्जादेखि अफिसर तहसम्म पनि विभिन्न किसिमले सांगठनिक उचारचढाव र राजनीतिक खेल भने कायमै रहेका छन् । विगत ३ वर्षदेखि अहिलेका आईजीपी शैलेन्द्र खनालको कमान्डले संगठनको उचाइ र कार्यसम्पादन भने अब्बल रहेको पाइन्छ ।
संगठनभित्र भएका केही स्वार्थी अफिसरहरूको कारणले दैनिक सांगठनिक कामलगायत विभिन्न योजनामा भने केही असहजता भएको जानकार बताउँछन् । पदीय लोभ र स्वार्थसँग जोडिएका संगठनको भावनालाई कुल्चने अफिसरको कारणले सशस्त्र प्रहरी बलमा भने यसबेला खैलाबैला मच्चिएको छ । आफ्नो कार्यकाल उचो शिरका साथ अवकाश पाउनुपर्ने केही एआईजीहरू अहिले आफ्नो पदावधि थप गर्न दौडधुप गरिरहेका छन् । 
३० वर्षे सेवा अवधिमा रहेर घर जान समय आएका अहिलेका एआईजी पुष्पराम केसी भने कार्यकाल थप गरी आफू आईजीपी बन्ने दौडमा तल्लीन छन् । नुवाकोट घर आएका केसी अहिले नुवाकोट कांग्रेसका नेता अर्जुननरसिंह केसीको भाइ बताउँदै सरकार ढल्ने र आफू आईजीपी बन्ने लाइन खोल्ने मुडमा छन् । अर्का एआईजी रामसरण पौडेललाई बोकी र पूर्वआईजीपी कोशराज वन्तको धापासीस्थित घरबाट आफ्नो सेटिङ मिलाउनमा व्यस्त रहेको बुझिएको छ । कांग्रेसको सरकार छिटै बन्ने र एमालेको सरकारको दिन गन्दै रहेका केसीले जिल्लावासीको नातालाई टेकेर प्रधानमन्त्रीको विशेष सल्लाहकार विष्णु रिमाललाई समेत चाकडी गर्न पुगेको स्रोतको दाबी छ । तर ३० वर्ष जागिरमा रहेर बसेको संगठनलाई विभिन्न भार थोपरेर अब १ वर्षे आईजीपी बनी ठूलै कायापलट गर्न लज्जास्पद बाटो हिँडेका एआईजी केसीको पछिल्लो चर्तिकलाको बालुवाटारले भने कुरा नसुनेको उच्च स्रोतले बताएको छ । बालुवाटार स्रोतका अनुसार एआईजीको समय थप गरेर संगठनको मनोबल गिराउने र एकवर्षे एआईजी बनेर देखाउँछु भन्ने केसीका लागि संगठनलाई बदनियत नगर्ने सोचमा रहेको छ । विशिष्ट श्रेणीमा जागिर खाई अहिले आएर संगठनमै नभएको कार्य गराउन दिवास्वप्न बोक्दै हिँडेका केसी वैशाख २० गतेबाट अवकाश लिनेछन् । यस्ता घृणित व्यवहारले संगठनलाई आँच आउने अन्य अफिसरको करिअरमा धक्का लाग्ने कुरामा बालुवाटार तथा गृह मन्त्रालय चनाखो रहेको सशस्त्र स्रोतको भनाइ रहेको छ । कुनै पनि रूपमा नियम उल्टाउने र आफूअनुकूल समय ल्याउने आसमा हिँडेका केसीलाई अहिले नैतिक संकटसमेत परेको छ । उनी नैतिक संकटमा पर्ने कारणमध्ये पूर्वआईजीपी कोशराज वन्तलाई बोकेर हिँडेका छन्, जसको हैसियत समाज र संगठनमा समेत शून्य छ । अर्को संकट भने उनले संगठनमा अहिले प्रशासन विभागमा एआईजीको भूमिका निर्वाह गरेका छन् । उनले आफूमातहतका विभिन्न एकाउन्टेन्टहरूलाई आफू आईजीपी बन्ने पक्कापक्की छ, सबैले सहयोग गर्नु पछि अनुकूल समयमा सहयोग गर्छु भनी पैसासमेत उठाउन लागेको बुझिएको छ । आफूले ३० वर्षे कार्यकाल सकाएर शानदार तवरले संगठनको हित खोज्नुपर्ने अफिसरको दैनिकी सशस्त्र मुख्यालयमा कामकाजभन्दा पनि राजनीतिक चक्कर चलाउने यो कार्यले उनले कस्तो सफलता पाउला, त्यो भने हेर्न बाँकी छ ।