शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नायिका आँचल  शर्मा अभिनित ’निलो कुर्ताले’ सार्वजनिक 

शनिबार, चैत्र २१ २०७७

काठमाडौं ।  गायिका मेलिना राई र गायक लोक पौडेलको युगल गायनमा समावेश ’निलो कुर्ताले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । 
डान्सिङ शैलीको यस गीतमा शब्द र संगीत  दिपक शर्माको रहेको छ। गीतलाई नरेन्द्र वियोगीले संगीत संयोजन गरेका हुन्।  म्युजिक भिडियोमा नायिका आँचल शर्मा र मोडल निराजन प्रधान बिचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ । 
शिशिर खातीले कोरियोग्राफी गरेको यस भिडियोलाई उज्ज्वल जोशीले छायांकन तथा सम्पादन गरेका हुन् । शिशिर तामाङ (छबि) क्रियटिभ डिरेक्टर रहेको यस भिडियोलाई राज खड्काको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो । मिरा इन्टरटेन्मेण्टको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो । 
भिडियो लिंक

YT LINK: https://youtu.be/KwYVHHIZO5k

song1.JPG