शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

रवि र समीक्षाको ‘पाउडर किरिममा’ पुष्प, प्रियना र सम्झना 

बिहिबार, चैत्र १९ २०७७

काठमाडौं ।  दोस्रो नेपाल आइडल गायक रवि ओड र चर्चित गायिका समीक्षा अधिकारीको स्वर रहेको गीत ‘पाउडर किरिममा’ सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द तथा संगीत रहेको गीतको एरेन्ज सुनिल परियारले गरेका हुन् । गीतको भिडियोमा भने नायक पुष्प खड्का, रवि ओड, प्रियना आचार्य  र सम्झना खत्रीको अभिनय देख्न सकिन्छ । 
मौसम हिमालको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा नवराज उप्रेतीको छायाँकन, विकास ज्ञवालीको सम्पादन रहेको छ । अनिल केसीको प्रस्तुति रहेको ‘पाउडर किरिममा’ लाइ  आफ्नो मनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । आफ्नो मन यूट्यूब च्यानलले अत्यन्तै मार्मिक तथा उत्कृष्ट गितहरुको म्यूजÞिक भिडियोहरु निर्माण गर्दै आईरहेको छ । 
भिडियो लिंक

https://www.youtube.com/watch?v=wCFrrbw3jXk