बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुरेशको टाढा नहुनु हैमा विवश र अन्जु 

बिहिबार, चैत्र १९ २०७७

काठमाडौं ।  गायक सुरेश लामाको स्वरमा नयाँ आधुनिक गीत टाढा नहुनु है…बजारमा आएको छ । गीत निकै कर्णप्रिय बनेको छ । यो गीतको भिडियोलाई चाँगुनारायण इन्टरटेनमेन्ट प्रालिबाट रिलिज गरिएको छ । 
यो गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । यो गीतलाई गीतकार उत्तम कुमार बतौलाले लेखेका हुन् । जसमा लाहाङ सुब्बाको संगीत संयोजन रहेको छ । गीतलाई ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको हो । 
यो गीतको भिडियोलाई दिनेश ठकुल्लाले निर्देशन गरेका हुन् । जसमा विवश ठगुन्ना र अन्जु न्यौपानेले अभिनय गरेका छन् । उनीहरुको जोडी यो भिडियोमा निकै सुहाएको छ । भिडियोलाई सौगात जँग थापाले निर्माण गरेका हुन् । भिडियोमा नरेश ऐरको छायाँकन, रोशन धितालको सम्पादन रहेको छ । भिडियोलाई धिताल फिल्मस्ले निर्माण गरेको हो । 

tada2.JPG