बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्सेमा ४३ अंकले उच्च बृद्धि

बुधबार, चैत्र १८ २०७७

काठमाडौं ।  आज बुुधबार पनि नेप्से उच्च अंकले बढेको छ । नेप्सेको कारोवार प्रणालीमा समास्या आउँदा एक घण्टा ढिलो गरी अर्थात अपरान्ह चार बजे बन्द भएको नेप्से ४३ दसमलव ३६ अंकले बढेर २६ सय १९ दसमलव दुुई अंकमा पुुग्दा सेन्सिटिभ पनि सात दसमलव ४८ अंकले बढेर चार सय ६३ दसमलव ५९ अंकमा चढेको छ । आज दुुई सय नौ वटा कम्पनीहरुको ६७ हजार एक सय ४८ पटकको कारोवारमा एक करोड १२ लाख ८१ हजार छ सय २५ कित्ता सेयर खरिद बिक्री भएकाछन भने भने कारोवार रकम छ अर्ब १६ करोड ६८ लाख ६१ हजार पाँच सय ३८ रुपैयाँ पुुगेको छ । 
आज १३ वटा समुहको कारोवार हुंदा टे«डिङ समुहको सुचक घटेपनि बाँकी १२ वटा समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ४० दसमलव ८६ अंकले बढेर १८ सय छ दसमलव ११ अंकमा पुुग्दा बिकास बैंक, जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि बढेकाछन । 
नेप्सेमा आज बढी कमाउने कम्पनीह्रुको सुचीमा पहिलो स्थानमा मिथिला लघुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रैराङ हाईड्रो पावर कम्पनी लिमिटेड परेको छ । बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट कम्पनी परेको छ ।