शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

थ्री नेसन्स कप विजेता खेलाडीले जनही १ लाख पाउने

बुधबार, चैत्र १८ २०७७

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको उपाधि विजेता खेलाडीलाई जनही १ लाख पुरस्कार दिने घोषणा गरेको छ  ।

एन्फाले मंगलबार एक विज्ञप्ति निकाल्दै उपाधि विजेता टोलीका सदस्यलाई जनही १/१ लाख पुरस्कार दिने जनाएको छ । 

एन्फाले उपाधिको रकम बाहेक खेलाडीलाई जनही थप १ लाख दिने जनाएको छ ।

दशरथ रंगशालामा सोमबार भएको फाइनलमा बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको थियो  ।

नेपाललाई उपाधि दिलाउन संजोक राई र विशाल राई ‘बी’ ले एक एक गोल गरेका । बंगलादेशका महबुबुर रहमानले एक गोल फर्काएका थिए ।

थ्री नेसन्सको उपाधिसँगै नेपालले ३७ वर्षपछि घरेलु भूमिमा पहिलो  उपाधि जितेको हो । यस अघि नेपालले सन् १९८४ को सागमा घरेलु मैदानमा उपाधि जितेको थियो ।

उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको थियो । उपविजेता बनेको बंगलादेशले ३ हजार डलर प्राप्त गर्यो ।

Capture.JPG