शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

प्रमोद पोर्तेल र हिना मल्लको ’माया’ को भिडियो रिलिज

सोमबार, चैत्र १६ २०७७

काठमाडौं ।  बिगत एक दशकदेखी सांगीतिक क्षेत्रमा क्रियाशील धरानका गायक प्रमोद पोर्तेलले आफ्नो नयाँ गीत  ’माया’ को म्युजिक भिडियो शनिबार धरानमा एक कार्यक्रमका बीच सार्वजनिक गरेका छन् । 
बरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा गायक पोर्तेलको अफिसियल युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक भएको छ । गायक पोर्तेलको नै शब्द तथा संगीत रहेको गीतमा उनलाई गायिका हिना मल्लले साथ् दिएकी छिन् । माया गर्ने प्रेमिल जोडीहरु टाढा टाढा भएर बसेका अवस्थामा एक अर्काको फिलिङस कस्तो हुन्छ भन्ने समग्र गीतको भाब रहेको गीतको भिडियोमा गायक –गायिकाकै अभिनय रहेको छ। गायक प्रमोद पोर्तेलको दोस्रो एल्वम ’माया हो’ को यो तेस्रो भिडियो रिलिज गरिएको हो र यस अघि उनले माया हो,फर्कि आउँछु बोलका दुई गीतको भिडियो रिलिज गरिसकेका छन् । गीतको संगीत संयोजन डानिएल गदाल, मिक्सिङ, रविन छेत्री र रेकर्डिङ्ग  अपार रेकर्डस धरानको रहेको छ भने आभास जंङ्ग माझी र एडम लिम्बुको छायाँकन रहेको भिडियो को निर्देशन तथा सम्पादन सुल्तान फिल्म्स युकेको सुल्तान इदिङ्गोले गरेका हुन् । 

Maya Pramod Portel  (1).jpg
भिडियो रिलिज पछि बोल्नु हुँदै बरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठले पछिल्लो समय सुगम संगीतमा यस्ता किसीमका गीतहरु नआएको भन्दै गायक पोर्तेललाई सफलताको शुभकामना दिनुभयो ।  कार्यक्रममा बिशेष अतिथी चर्चित गायक शिव लामिछाने, बरिष्ठ लोक गायक गंगा बरदान, विजयपुर मिडिया ग्रुपका निर्देशक हिमाल राई, धरान संगीत प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठ, गायक रोहित मास्के,गायक मनोज मोते,गायक डिल्ली फोम्बो, संगीतकार भानु थापा मगर,बराह ग्रुपका पी.आर.ओ सुरेन्द्र सिंह विस्वकर्मा अतिथी रहनु भएको थियो । 
भिडियो लिंक

https://youtu.be/QRtoKR41cf4

Maya Pramod Portel  (3).jpg

video.JPG

Maya Pramod Portel  (2).jpg