शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सेयर कारोवार रकम बढ्यो, सातामा २९ अर्ब ५८ करोड ८३ लाखको सेयर किनबेच

शुक्रबार, चैत्र १३ २०७७

यो साता सेयर कारोवार रकम बढेको छ । नेप्से यो साता पाँच दिन खुल्ला रहेकोमा तीन कार्य दिन नेप्से बढेपनि दुई कार्य दिन नेप्से घटेको थियो । सोही आधारमा यो साता नेप्से सुचक तथा कारोवार रकम गत साताको तुुलनामा बढेको हो । यो साता नेप्से २५ सय ४८ दसमलव ९६ अंकमा पुुग्दा सेन्सिटिभ इन्डेक्स पनि चार सय ५० दसमलव ३१ अंकमा पुगेको छ । यो साता दुई सय ११ वटा कम्पनीहरुको तीन लाख ५१ हजार पाँच सय ११ पटकको कारोवारमा छ करोड ३१ लाख २१ हजार एक सय नौ कित्ता सेयर किनबेच भएकाछन भने कारोवार रकम २९ अर्ब ५८ करोड ८३ लाख पाँच हजार तीन सय ४४ रुपैयाँ पुगेको छ  । 
नेप्सेमा गत साता भने दुुई सय १६ वटा कम्पनीहरुको दुई लाख ६२ हजार दुई सय ६१ पटकको कारोवारमा चार करोड ८८ लाख पाँच हजार सात सय २८ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम २० अर्ब ६१ करोड ३१ लाख ८९ हजार नौ सय ६५ रुपैयाँ पुगेको थियो । यो साता दोस्रो र अन्तिम दिन नेप्से घटेको थियो भने बाँकी दिनहरुमा नेप्से बढेको थियो ।  
सो मध्ये पहिलो दिन आईतबार नेप्से ६३ दसमलव ३८ अंकले बढेर २५ सय ३८ दसमलव ४६ अंकमा पुुग्दा सेन्सिटिभ पनि नौ दसमलव ४४ अंकले बढेर चार सय ५३ दसमलव ५९ अंकमा पुुगेको थियो । दोस्रो दिन भने नेप्से २४ दसमलव आठ अंकले घटेर २५ सय १४ दसमलव ३९ अंकमा झर्दा सेन्सिटिभ पनि चार दसमलव ७९ अंकले घटेर चार सय ४८ दसमलव ८० अंकमा झरेको थियो । तेस्रो दिन भने नेप्से पुुन १४ दसमलव ५७ अंकले बढेर दुुई हजार पाँच सय २८ दसमलव ९५ पुुग्दा सेन्सिटिभ पनि शुन्य दसमलव शुन्य नौ अंकले बढेर चार सय ४८ दसमलव ८९ अंकमा चढेको थियो  । चौथो दिन पनि नेप्से ४१ दसमलव तीन अंकले बढेर दुुई हजार पाँच सय ७० दसमलव २५ अंकमा पुुग्दा सेन्सिटिभ पनि सात दसमलव छ अंकले बढेर चार सय ५५ दसमलव ९५ अंकमा चढेको थियो । पाँचौ दिन भने नेप्से २१ दसमलव २९ अंकले घटेर दुुई हजार पाँच सय ४८ दसमलव ९६ अंकमा झर्दा सेन्सिटिभ पनि पाँच दसमलव ६४ अंकले घटेर चार सय ५० दसमलव ३१ अंकमा झरेको थियो । 
नेप्सेमा यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल पुर्नबीमा कम्पनी आदि परेकाछन भने सेयर कारोवार भएको सेयर संख्याको आधारमा भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल बंगलादेश बैंक आदि परेकाछन । पुंजीकरणको आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेकाछन । यो साता डिप्रोक्स लघुुबित्त बित्तीय संस्था, महुुली सामुदायिक लघुुबित्त बित्तीय संस्था, साँग्रिला डेभलपमेन्ट बैंक, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लगायतका कम्पनीहरुको बोनस तथा हकप्रद सेयर सुचीकृत भएकाछन । 
दैनिक सेयर कारोवार तालिका
दिन  कम्पनी संख्या   कारोवार संख्या कित्ता  कारोवार रकम
पहिलो दिन २०६  ८०९८६  १२४३०००२ ५९१९८२४५६९
दोस्रो दिन २११  ६१४८८  १०९३१३५८ ५३५१३५३६२५
तेस्रो दिन २०८  ६१४२२   १०२७६७१० ५१४१८९७१६९
चौथो दिन २०८  ७२९५७   १६९३४८९३ ६६७४४२३९४१
पाँचौं दिन २०८  ७४६५८  १२५४८१४६ ६५००८०६०४०
आर्टिकलको लागि 
नेपालको बैदेशिक व्यापारमा खाद्यान्नको योगदान
नेपालको बैदेशिक व्यापारमा खाद्यान्न उत्पादन गर्ने निकायहरु भन्दा खाद्यान्न विदेशबाट खाद्यान्न आायात गरी आपूर्ति गर्ने सरकारी निकायहरु सक्रिय भएको देखिएको छ । नेपालमा भने जलबायु परिवर्तनभन्दा पनि जग्गाको खण्डीकरण र खेतीपाती नगरिकन अर्थात बाँझो राख्ने प्रवृतिले खाद्य संकट भई आएको देखिन्छ । 
अधिकांश युवा बैदेशीक रोजगारमा गएकाले पनि कृषि उत्पादनमा कमी भई कृषि क्षेत्रमा काम  गर्ने कृषकको कमी हुँदा पर्याप्त उब्जनी  नभएकाले अवश्यकता पूरा गर्न आयात  मै भर पर्न पर्दा कृषिजन्य  सामाग्रीका आयात बढदै गएको छ । साथै कृषियोग्य जमीन प्लटीङ । गैर उपत्पादनमा जस्तै  अपार्टमेन्ट आदिमा प्रयोग भएकाले पनि कृयि समाग्री उत्पादन बढन  नसकेको हो । सुपारी उत्पादन, आयात र  निर्यातको अवस्था हेर्दा असमान्य देखिन्छ। विभिन्न देशबाट आयात भएका सुपारी पुःन भारत निर्यात  हुँदै आएको छ । वास्तवमा अरु  वस्तुहरु पनि यस्तै भएका छन् । यस्तो अवस्थामा व्यापाार  घाटा पक्कै बढदै जान्छ। न्यून उत्पादनसंगै आयातमूखी अर्थतन्त्र हँुदा आयात बढदै पक्का  गएको हो ।  आयातित समाग्रीमध्ये कृषि सामाग्री पहिलो नम्बरमा पर्दै आएको छ । अघिल्ला बर्षहरुमा पहिलो नम्बरमा पेट्रोलियमका आयात पर्दथ्यो । 
नेपालमा रहेका करिब छ हजार खोलानालाहरुलाई थोरै मात्र व्यवस्थापन गरेमा खेतियोग्य सिँचाई जमिन बढन गई कृषि उत्पादन बढन जाने हुन्छ । हामीलाई आवश्यक पर्ने धान,मकै, गहँु र अरु विदेशबाट आायात हुनु कृषिप्रधान देशको लागि नालाकीयपना हो । कुनै बर्ष बर्षा नभएका खाद्यान्नमा पचिस प्रतिशत कम हुने अवस्थाबाट यस्तो सिंचाईले बचाउँछ । एकातिर नेपालमा धान, मकै, गहँुजस्ता कृषि उत्पादनमा आत्मनिर्भर हुन सक्ने आधार विगतदेखि उपलब्ध भए पनि अबौंको खाद्यान्न आयात भइरहेको छ। अलिकति मात्र सजग हुने हो भने व्यापार घाटामा उल्लेखनीय सुधार आउने देखिन्छ ।  
निर्यातजन्य वस्तुको पहिचान प्रबद्र्धन र बजारीकरणको अभावले बर्षेनी र बजारीकरण्को अभावले बर्षेनी व्यापार घाटा बढेको सरोकारहरुको भनाई छ । व्यापार घाटा ठितलाग्दो भएको र यसलाई कम गर्न रणनीतिक योजनाको आवश्यकता रहेको छ । देशको एक आर्थिक बर्षको बजेट बराबरको प्रतिबर्ष व्यापार घाटा बेहोर्नु लाज मर्नु अवस्था हो । त्यसर्थ व्यापार घाटा कम गर्न निर्यातजन्य वस्तुका उत्पादन र बजार प्रबद्र्धन गर्न सख्त आवश्यकता रहेको छ । व्यापार घाटा कम गर्न उत्पादनमूलक वस्तुका प्रोत्साहनका लागि करको दर घटाई निर्यात प्रबद्र्धनमा सघाउ गराउन बाम अघि बढाउन आबश्यक देखिएको छ । 
देशलाई आवश्यक परेको वस्तुहरुका आयात कल्पनै गर्न नसकेर ह्वात बढेको  र अन्धाधुन्ध ती आयात गरिएका वस्तुहरु नेपालमा  अन्तर्राष्ट्रिय मापदण्डमान्यता प्राप्त निकायको अभावमा त्यस्ता मानवहित विपरितका वस्तुहरु सहजरुपमा आयात गर्नु नै हो भनेर ठोकुवा गरेर भन्न सकिन्छ । अर्कोतर्फ जुन उदेश्यले नेपालमा बिदेशबाट सामान आयात गरिन्छ त्यही उदेश्यका लागि अर्थात उद्योगका कच्चा पदार्थका रुपमा उपयोग नभई त्यस्ता वस्तुहरुका दूरुपयोग हुनु आयात बढदै गएको हो । आयात गरिएका वस्तुहरुका उदेश्यअनुसार प्रयोग नभएको खण्डमा त्यस्ता व्यतिmलाई कारवाही पनि भएको देखिदैन अनि त सहज रुपमा नेपालमा आयात दिन दुगुना रात चौगुना  बढेर गएको गए छ । विगतमा बार्षिक रुपमा प्रत्येक नेपालीको भागमा २२ हजार  १ सय ५९   रुपैंयाँ ऋृण थियो।तर २०७४–७५ मा यो बढेर २३ हजार ९ सय ६२ पुगेको छ । २०७६।७७ हँुदा त यो ४३ हजार पुगेको छ । यो पनि आयात अत्यधीक भएको उपज हो । 
विगतमा खाद्यान्नमा आत्मनिर्भर नेपालले हर  बर्षमा बार्षीक एक खर्ब रुपैंयाँको खाद्याँन्न आयात गर्न परेको अवस्था छ। सन् १९८० अगाडी दाल, चामल, ऊन, जुट, अलैचीं ,काठ र धातुका सामान निर्यात हुन्थे भन्ने कथा बन्न गएको  छ । हर बर्ष  पेट्रोलमात्र २५ अर्ब भन्दा बढी आयात भईआएको छ ।  सुनको आयात पनि त्यतिकै हुुने गरेको छ । आ.ब २०७५।७६ मा पेट्रोल पदार्थ मात्र रु. २१६ अर्बको र आ.ब २०७६।७७ मा रु. १६४ अर्बको आयात भएको छ । 
प्रत्येक बर्ष बढ्दै गएको बैदेशिक  व्यापार घाटा कम गर्न उत्पादनमूलक क्षेत्रमा लगानी अभिबद्धि गर्ने गरी नीतिगत र कानुनी व्यवस्थाको सुनिश्चितता गर्न सबै लागेको देखिन्छ । ठाडो हुँदै गएको व्यापार घाटा कम गर्न आन्तरीक व्यापार स्वच्छ, प्रतिष्पर्धी र नियमन गर्ने कार्यमा सरकारी निकाय लागिपरेको बताईन्छ। नेपालको बाह्य व्यापार सहजीकरणका लागि सुख्खा बन्दरगाह विस्तार आवश्यक छ ।  निकासीजन्य वस्तुका उत्पादन प्रबद्र्धन तथा आन्तरीक बजारमा खपत हुने सामाग्रीको आयात हुने वस्तु  गुणस्तरीय मापदण्डका आधारमा आयात हुने बनाउन  गुणस्तर पूर्वाधारको निर्माण र विकास हुन  आवश्यक छ।  बढदो व्यापार घाटा कम गर्नका लागि नीतिगत र संरचनागत व्यवस्थामा सुधारका कार्यक्रम ल्याउन तथा अन्तरसरकारी निकायहरुबिच समन्वय गरी निर्यात प्रबद्र्धन र आयात प्रतिस्थापनको आक्रामक रणनीतिका साथ कार्य गर्न आवश्यक देखिन्छ । अझ भन्ने हो भने सरकारले अल्पकालिन, मध्यमकालिन  रणनीति बनाएर व्यापार घाटा न्यूनीकरणमा जोड दिन पर्ने भनाई राखिन्छ । नेपालको निर्यात कुनै पनि बर्ष  १ खर्ब  पनि पुग्न सकेको देखिदैन् । जब की आयात ९ खर्ब माथि गईसकेको छ। आ.ब. २०७०–७१ मा सबैभन्दा बढी अर्थात ९१ अर्ब ३६ करोड  रुपैंयाँ बराबरको निर्यात भएको थियो । नेपालको बार्षिक निर्यात बृद्धि दर यस अवधिमा सरदर ६ प्रतिशत भन्दा कम छ। तर आ.ब. २०७०–७१ मा १८ प्रतिशतको बार्षिक निर्यात बृद्धि दर रहेको थियो । सरकारले नेपालबाट ठूलो परिमाणमा निकासीको सम्भावना देखेर १२ वस्तुलाई निर्यातोन्मुख वस्तुका सूचिमा राखेर २०७३ देखि प्रबद्र्धन गर्दै आएको छ। सरकारले यी  वस्तुको उत्पादन तथा बजारीकरणमा छुट्टै बजेट खर्च गर्दै आएको भए पनि निर्यात आशालाग्दो भएर गएको छैन् । 
मुुलुकको सिंगो अर्थतन्त्र माथि उकास्न नसकेको बेला सुनको आयात बढदै जानु अर्थतन्त्रको लागि राम्रो संकेत होईन। देशको आर्थिक बृद्धिदरमा मनसुन, ऊर्जाको समेत असर देखिएको भए पनि अढाईस बर्ष जतीमा २५ भन्दा बढी सरकार बनी अर्थतन्त्रमा सबैभन्दा ठूलो प्रभाव पारको देखिन्छ । आर्थिक बर्ष २०४७–४८ मा ६ दशमलव ३ प्रतिशत बृद्धि भएको थियो । हालसम्मको अर्थात २०७४ सम्म पनि उच्च आर्थिक बृद्धिदर रहेकामा  आ.ब. २०५०–५१ मा ७ दशमलव ६ प्रतिशतको थियो । २०७६।७७ मा  नेपालको आर्थिक बृद्धिदर शुन्य दशमलव ७७ प्रतिशतमा सिमीत हुन पुग्यो। आर्थिक बर्ष २०७४–७५ मा  आ.ब शुरुमा ७ प्रतिशत भन्दा बढीको बृद्धिदर आशा गरिएकोमा हाल आएर ४ दशमलव भन्दा बढको आर्थिक बृद्धिदर हांकलन गरिएको छ । 
चालु पन्धौं योजना २०७६७७  देखि २०८१–८२  सम्म कायम हुने भनिएको छ । यस योजनाको समग्र सोंच, लक्ष्य र उदेश्यमा निकासी परेको छ्रैन् । यस योजनाको रणनीतिमा पनि निकासी क्षेत्र महत्वका साथ समेटिएको छैन् । तर बाणिज्य क्षेत्रको क्षेत्रगत सोंच, लक्ष्य र रणनीतिमा उल्लेख गरिएको छ। बाणिज्य क्षेत्रको सोंचमा बाणिज्य क्षेत्रको विस्तार गरी निकासी प्रबद्र्धनमार्फत आर्थिक समृद्धि भनेर उल्लेख छ । त्यसै गरी आन्तरीक तथा अन्तराष्ट्रिय निर्यात व्यापार प्रबद्र्धन गरी कूल गार्हस्थ उत्पादनमा निर्यात व्यापार र निर्यातमा आधारित रोजगारी बृद्धि गर्दै लैजाने भनिएको छ । त्यसैगरी आन्तरीक तथा बाह्य निर्यात व्यापार प्रबद्र्धन गर्दै स्थानीय कच्चा पदार्थ, स्रोत,साधन र सीप बढी प्रयोग हुने वस्तुका निकासी प्रबद्र्धनमार्फत प्राप्त हुने लाभलाई ग्रामीण तहसम्म विस्तार गर्नु र तुलनात्मक लाभका वस्तु तथा  सेवाको मूल्य र गुणस्तरलाई प्रतिस्पर्धी बनाई व्यापार घाटा कम गर्नु रहेको छ । 
कसको बार्षिक साधारण सभा कहिले ?   
नाम   किसिम  स्थान    मिती एजेण्डा 
भिर्मिरे लघुबित्त बित्तीय संस्था १० औं  पञ्चकन्या बैंकेट, बनेपा  चैत १८  लाभांस
डिप्रोक्स लघुुबित्त बित्तीय संस्था १९ औं  होटल मोनालिसा, सौराह  चैत २०  लाभांस 
नेपाल हाईड्रो डेभलपर लिमिटेड बार्षिक सभा कम्पनीको कार्यालय डिल्लीबजार  चैत १७  बित्तीय बिवरण
सर्पोट लघुुबित्त बित्तीय संस्था छैंठो  होटल इस्र्टन प्यालेस, सुनसरी  चैत २०  बित्तीय बिवरण
आरती पावर कम्पनी लिमिटेड चौंथो र पाँचौं हार्दिक होटल, बाघबजार  जेठ २७  बित्तीय बिवरण
महुुली लघुबित्त बित्तीय संंस्था आठौं  संस्थाको कार्यालय, सप्तरी  चैत २५  बित्तीय बिवरण
नेपाल इन्स्योरेन्स कम्पनी ७२ औं  एयरपोर्ट होटल, सिनामंगल  चैत २७  बित्तीय बिवरण 
समिट लघुुबित्त संस्था  १२ औं  आबुु खैरनी पार्टी प्यालेश, तनुंह  चैत २९  बित्तीय बिवरण
मिथिला लघुबित्त बित्तीय संस्था १२ औं  होटल राजदरबार रिर्सोट, धनुषा  चैत २९  बित्तीय बिवरण
किसान लघुुबित्त बित्तीय संस्था दोस्रो   संस्थाको कार्यालय, कैलाली  चैत २९  बित्तीय बिवरण
सिउरी न्यादी पावर लिमिटेड तेस्रो र चौथो  कम्पनीको कार्यालय, अनामनगर  चैत ३०  बित्तीय बिवरण
उन्नती सहकार्य लघुबित्त संस्था छैठौं  होटल पौवा, रुपन्देही   चैत ३१  बित्तीय बिवरण
शुर्योदय लघुुबित्त बित्तीय संस्था आठौं  सहयात्री पार्टी प्यालेश रुपन्देही  चैत ३१  बित्तीय बिवरण
आरम्भ चौतारी लघुुबित्त बित्तीय संस्था पाँचौं  पञ्चकन्या बैेंकेट, बनेपा  चैत ३१  बित्तीय बिवरण 
सारथी लघुुबित्त बित्तीय संस्था १२ औं  होटल अरनिको धुलिखेल  बैशाख ३  बित्तीय बिवरण
साँग्रिला डेभलपमेन्ट बैंक १६ औं  लैनचौर बैंकेट, काठमाडौं  चैत २३  लाभांस 
लमजुङ बिद्युत बिकास कम्पनी बार्षिक सभा कम्पनीको कार्यालय त्रिपुरेश्वर  चैत २४  बित्तीय बिवरण
ग्रिन डेभलपमेन्ट बैंक  आठौं  होटल बाराही, पोखरा   चैत २८  बित्तीय बिवरण
नेशनल हाईड्रो पावर कम्पनी २४ औं  डेलिश रेष्ट्रो एण्ड बैंकेट, बालुुवाटार चैत २७  बित्तीय बिवरण
साँङगे बिद्युुत कम्पनी  बार्षिक सभा कम्पनीको कार्यालय, त्रिपुरेश्वर  चैत २७  बित्तीय बिवरण
नेपाल बित्तीय संस्था संघ २४ औं र २५ औं होटल क्राउन इम्पेरियल  चैत २०  बित्तीय बिवरण 
नयाँ सेयर जारी गर्ने कम्पनीहरु     
क्रस  कम्पनीको नाम  प्रकार कित्ता  खुल्ला बन्द   बिक्री प्रवन्धक
१ सिंगटी हाईड्रो इर्नर्जी लिमिटेड साधारण २९०००००  चैत ६ चैत १० (छिटोमा) चैत २० (ढिलोमा) मेगा क्यापिटल लिमिटेड
२ ग्लोवल आईएमई बैंक ऋणपत्र ३००००००  चैत १ चैत ४ (छिटोमा) चैत १६ (ढिलोमा) सेञ्चुरी क्यापिटल लिमिटेड
३ एनसीसी बैंक   ऋणपत्र ३००००००  चैत १३  चैत १८ (छिटोमा) चैत २७ (ढिलोमा) नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड 
आव २०७७—०७८ को दोस्रो त्रैमासमा बैक तथा फाईनान्सहरुले कायम गरेको चुक्ता पुंजी 
बाँणिज्य बैक तर्फ 
क्रस बैककोे नाम  चुक्ता पुंजी  
१ सिटिजन बैंक  ९८१७००२.६७ 
२ नेपाल इन्भेष्टमेन्ट बैंक   १४२४८९५५ 
३ कुमारी बैंक   १३८७८४७४.८३ 
४ नेपाल बंगलादेश बैंक  ८४९५८१४.२९ 
५ प्रभुु बैंक    ११३४७०५७ 
६ सानिमा बैक  ९६८१५१९.०८ 
७ सनराईज बैंक  ९४८७९४४.४९ 
८ नेपाल बैंक   १२६३६७५८.६२ 
९ सिद्धार्थ बैंक  ९७८७७६७.१४ 
१० एनसीसी बैंक  ९३५३९१६.९४ 
११ नेपाल एसबिआई बैंक  ८९५६२०५.५५ 
१२ नबिल बैंक   १३४८०१५९ 
१३ कृषि बिकास बैंक   १६४२२६४१.८० 
१४ मेगा बैंक   १४६५४९६४.९५ 
१५ लक्ष्मी बैंक   १०६९५६९० 
१६ एनआईसी एशिया बैंक  ११५६४००५.३६ 
१७ ग्लोवल आईएमई बैंक  २१६३२५०३  
१८ एनएमबी बैंक  १४४४७७५३ 
१९ स्टान्र्डड चार्टड बैंक  ८५७२२३१  
२० माछापुच्छे« बैंक  ९०५३०९४.५८ 
२१ सिभिल बैंक  ८००३३९०  
२२ बैंक अफ काठमाडौं   ९६५८१७६.४२ 
२३ हिमालयन बैंक  १०६८४०००.८२ 
२४ सेञ्चुरी बैंक  ९०३४४३०  
२५ एभरेष्ट बैंक  ८९३३७१७  
२६ प्राईम कर्मसियल बैंक  १६०८३०३६.९३ 
२७ राष्ट्रिय बाँणिज्य बैंक  ९००४७९५.७० 
२८ नेपाल इन्फ्रास्ट्रक्चर बैंक  १२०००००० 
बिकास बैक तर्फ 
क्रस बैंकको नाम  चुक्ता पुंजी  
१ कामना सेवा बिकास बैंक  २५४०१९५.३५ 
२ मुक्तिनाथ बिकास बैंक   ४८११५५०.८० 
३ ज्योति बिकास बैंक  ३४९५२९३.४३ 
४ गरिमा बिकास बैंक  ३२३८६८९.४२ 
५ नारायणी डेभलपेन्ट बैंक  ६५६१६.९० 
६ ग्रिन डेभलमेन्ट बैंक  ५००००० 
७ मितेरी डेभलपमेन्ट बैंक  ७९७३७६.९३ 
८ लुम्विनी बिकास बैंक  २९०६४५३.५५ 
९ एक्सेल डेभलपमेन्ट बैंक  ८१११२१.२२ 
१० शाईन रेसुंगा डेभलपमेन्ट बैंक  ३४०८४६३.९०  
११ महालक्ष्मी बिकास बैंक   ३०७२०६१.३२ 
१२ सिन्धुु बिकास बेंक  ५५७४५६.०६ 
१३ साँग्रिला डेभलपमेन्ट बैंक  २६०६६४०.४० 
१४ कर्पोरेट डेभलपमेन्ट बैंक  ४१०००० 
१५ कर्णाली डेभलपमेन्ट बैंक  ५०२८३० 
१६ सहारा बिकास बैंक  १६३३६६.९३ 
फाईनान्स तर्फ 
क्रस फाईनान्सको नाम  चुक्ता पुंजी  
१ गोर्खाज फाईनान्स  ८६७९९३.८० 
२ समृद्धि फाईनान्स  ४०३८६९  
३ मञ्जुुश्री फाईनान्स  ९६५३९५  
४ रिलायन्स फाईनान्स  ८३२४१६ 
४ प्रोग्रेसिभ फाईनान्स  ८००१००  
५ पोखरा फाईनान्स  ९१७२८१.७० 
६ युनाईटेड फाईनान्स  १०४०८३४.६४ 
७ श्री इन्भेष्टमेन्ट फाईनान्स  ८९०१३४.८८ 
८ बेष्ट फाईनान्स  ८२८९१३.७८ 
९ गुुह्ेश्वरी मर्चेन्ट फाईनान्स  ८६४००० 
१० आईसीएफसी फाईनान्स  १०२४२६५.८० 
११ गुुडविल फाईनान्स  ८६७२००  
१२ जानकी फाईनान्स  ६००४११.१० 
१३ नेपाल फाईनान्स  ३०५५५१ 
१४ सेन्ट्रल फाईनान्स  ८२३३९७.७८ 
१५ सिर्जना फाईनान्स  ८४७८३८.८८ 
१६ मल्टीपर्पस फिनान्स  २२४०३७.९० 
लघुबित्त बित्तीय संस्थातर्फ
क्रस संस्थाको नाम  चुक्ता पुंजी  
१ फष्र्ट माईक्रो फाईनान्स  ८७६८११  
२ महिला लघुबित्त बित्तीय संस्था  ६०००० 
३ मिर्मिरे लघुबित्त संस्था  ३९८६२६.३२ 
४ लक्ष्मी लघुबित्त संस्था  ३२००४५ 
५ नेपाल एग्रो लघुबित्त संस्था  ५७२४४ 
६ आरएमडिसी लघुबित्त संस्था  १०३४२२१.९४  
७ आरएसडिसी लघुबित्त संंस्था  ७३१९६० 
८ आरम्भ चौतारी लघुबित्त संस्था  २६३४४८ 
९ एनएनएमबी लघुबित्त संस्था  ५३९८०५ 
१० नेरुडे लघुबित्त बित्तीय संस्था  ४५७२९४.०५ 
११ स्वदेशी लघुबित्त संस्था    २७६००० 
१२ समिट लघुबित्त संस्था  ३९३३००  
१३ एनआईसी एशिया लघुुबित्त  १४८०००० 
१४ समता लघुबित्त संस्था  २२९३४०.१६ 
१५ राष्ट्र उत्थान लघुबित्त संस्था  १७५००० 
१६ सामुदायिक लघुबित्त संस्था १३२००० 
१७ आशा लघुबित्त संस्था   २६७१३१.२० 
१८ सिभिल लघुबित्त संस्था  २३३९३४ 
१९ सारथी लघुबित्त संस्था  २३५३८६.१५ 
२० घोडीघोडा लघुबित्त संस्था  २७६२५  
२१ मेरो लघुबित्त बित्तीय संस्था  १०००००० 
२२ गुराँस लघुबित्त बित्तीय संस्था  ८३४०० 
२३ छिमेक लघुबित्त संस्था  १८३००००  
२४ जीवन बिकास लघुबित्त संस्था  ४१०६७० 
२५ फरवार्ड माईक्रो फाईनान्स  ५००४१५  
२६ ईन्फिनिटी लघुबित्त संस्था २६०६५० 
२७ वोमी लघुबित्त बित्तीय संंस्था ३६१२०२ 
२८ साधना लघुबित्त बित्तीय संस्था  २१७७८०  
२९ स्पर्श लघुबित्त बित्तीय संस्था ११२०२९.०९    
३० ग्लोवल आईएमई लघुबित्त संस्था ३३०८८४.२३   
३१ महुली लघुबित्त बित्तीय संस्था १८६६२०  
३२ स्वरोजगार लघुुबित्त बित्तीय संस्था ३६५९३७.१२    
३३ कालिका लघुबित्त संस्था २५२३३०  
३४ गणपती लघुबित्त संस्था १२७३५६.७६    
३५ ग्रामिण लघुबित्त संस्था  ९८२५००  
३६ आत्मनिर्भर लघुबित्त संस्था ४२०००  
३७ आँधिखोला लघुबित्त संस्था १०००००  
३८ शुुर्योदय लघुबित्त संस्था २१५०४२.९३  
३९ सर्पोट लघुबित्त बित्तीय संस्था  ६६०००  
४० बिजय लघुबित्त संस्था    २६६५९७.४९ 
४१ स्वाभिमान लघुबित्त संस्था  ७६७०७.६४ 
४२ महिला सहयात्रा लघुुबित्त संस्था १३३१००  
४३ मिथिला लघुबित्त संस्था १२१७४०.८४   
४४ नेपाल सेवा लघुुबित्त संस्था  ६१५००  
४५ निर्धन उत्थान लघुबित्त संस्था  १५००००० 
४६ उन्नती लघुुबित्त संस्था  १४९५३६.६५ 
४७ स्वस्तीक लघुबित्त संस्था  १२०००  
४८ सबैको लघुबित्त बित्तीय संस्था  १८६४५०  
४९ डिप्रोक्स लघुबित्त संस्था  १०५४८३३.५७ 
५० नाडेप लघुबित्त बित्तीय संस्था  ४०४८०० 
५१ नेशनल माईक्रो फाईनान्स   २६४०४५ 
५२ साना किसान लघुबित्त संस्था  १२५०२८६.७८ 
५३ घरेलु लघुुबित्त बित्तीय संस्था ७०३५० 
५४ जनउत्थान लघुबित्त संस्था  ७९२०० 
५५ मानुुषी लघुबित्त संस्था  ७००००  
५६ स्वालम्वन लघुबित्त संस्था  ७९२३९९ 
५७ अभियान लघुबित्त बित्तीय संस्था  १५२५०० 
५८ किसान लघुुबित्त संस्था   ३९२८०८.७८ 
(श्रोत सम्वन्धीत संस्थाको दोस्रो त्रैमासिक अपरिष्कृत बित्तीय बिवरण)