शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

हरि लम्सालको ’ के यस्तो माया बस्यो नि ’मा सुरबिना र नाजिरको रोमान्स

बिहिबार, चैत्र १२ २०७७

काठमाडौं ।  चर्चित गायन रियालिटी शो नेपाल आइडल सिजन –३ की विजेता सज्जा चौलागाई र  द भ्वाइस अफ नेपालबाट चर्चामा आएका गायक बलबहादुर राजबंशीको युगल स्वरमा रहेको गीत ’के यस्तो माया बस्यो नि ’ सार्वजनिक भएको छ ।
बहुमुखी प्रतिभाशाली गायक तथा संगीतकार हरि लम्सालको शब्द र संगीत रहेको प्रेमिल शैलीको यस गीतको भिडियोमा सुरबिना कार्की र नाजिर हुसेनको अभिनय रहेको छ  सुरबिना र नाजिर दुवै नेपाली म्युजिक भिडियोमा अब्बल छाप छोड्न सफल जोडी हुन । भिडियोमा एकै गाउँका किशोर किशोरीको गाउँले परिबेसमा त्यहीको माहौलमा झाँगिँदै गैरहेको प्रेमलाइ देखाइएको छ ।
निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा बुद्द थापाको सिनेमाटो ग्राफी र विकास धमलाको सम्पादन तथा  छ । टुवेल नोट्सको अफिसियल च्यानलबाट सार्वजनिक गीत ’के यस्तो माया बस्यो नि ’लाइ दर्शकहरुको शतप्रतिसत पोजिटिभ कमेन्ट आएको छ ।
भिडियो लिंक

https://www.youtube.com/watch?v=ybvsEE1lQRg

maya1.JPG

maya4.JPG

maya3.JPG