काठमाडौं । नेप्से बढेको छ । साताको तेस्र्रो कारोवार दिन मंगलबार नेप्से १४ दसमलव ५७ अंंकले बढेर २५ सय २८ दसमलव ९५ अंकमा पुग्दा सेन्सिटिभ पनि शुन्य दसमलव शुन्य नौ अंकले बढेर चार सय ४८ दसमलव ८९ अंकमा चढेको छ । आज दुई सय आठ वटा कम्पनीहरुको ६१ हजार चार सय २२ वटा कारोवारमा एक करोड दुई लाख ७६ हजार सात सय १० कित्ता सेयर किनबेच भएकाछन भने कुल सेयर कारोवार रकम पाँच अर्ब १४ करोड १८ लाख ९७ हजार एक सय ६९ रुपैयाँ पुुगेको छ ।
आज १३ वटा समुहको कारोवार हुंदा गुमाउने भन्दा कमाउने समुह धेरै रहेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दसमलव ६८ अंकले घटेर १७ सय ६० दसमलव ६१ अंकमा झरेको छ भने बिकास बैंक, जीवन बीमा, फाईनान्स, उत्पादनमुलक र अन्य समुहको सुचक पनि घटेकाछन । जलबिद्युत समुहको सुचक भने आज एक सय २९ दसमलव ८४ अंकले बढेर २३ सय ५४ दसमलव २० अंकमा पुग्दा निर्जिवन बीमा, टे«डिङ, होटल र पर्यटन, लघुबित्त, सामुहिक लगानी कोष र लगानी कोष समुहको सुचक पनि बढेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा साल्ट टेडिङ कर्पोरेशन नेपाल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा पञ्चकन्यामाई हाईड्रो पावर कम्पनी परेको छ । बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक परेको छ ।