बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

“मिस एण्ड मिसेस ईण्डिजिनियस–२०२१ सिजन–२“ को अडिसन सम्पन्न

बुधबार, चैत्र ११ २०७७

काठमाडौं ।  एस के ईन्टरटेनमेन्टको प्रस्तुतिमा आयोजना हुनगईरहेको मिस एण्ड मिसेस ईण्डिजिनियस–२०२१ सिजन–२ को अडिसन सम्पन्न भएको छ । राजधानीमा सम्पन्न अडिसनमा काठमाडौं भित्र तथा काठमाडौं बाहिरबाट ३७ जना प्रतियोगीहरुको उपस्थिती थियो ।
आदिबासी जनजाति समुदायका अबिबाहित र बिवाहित महिलाहरुको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा नायिका रेजिना उप्रेती, चिनीमाया गुरुङ, पुजा गुरुङ, आकृति गुरुङ, सुशिला तामाङ, उमा खड्का, चेसाङ तामाङ, एलिशा गुरुङ र रोजिन शाक्य निर्णायक मण्डलको उपस्थितीमा अडिसन सम्पन्न भएको थियो ।

o5.JPG

आदिबासी जनजाति बिवाहित तथा अबिबाहित महिलाहरुमा क्षमता भएर पनि सधै पछि परेका तथा आफुलाई एक्सपोज गर्न डराईरहेका महिलाहरुलाई लक्षित गर्दै उनीहरुको क्षमतालाइ अभिबृदी गरी समाजमा सकारात्मक संदेश फैलाउने उद्देश्यले यस प्रतियोगिताको आयोजना गरिएको जानकारी शान्ता तामाङ लामाले गराईन।  प्रतियोगिताका लागि छनौट हुनेलाई पच्चीस दिन लामो विशेष प्रशिक्षण प्रदान गरिने छ । जसमा नेपालका ख्याति प्राप्त ट्रेनर, तथा अन्तराष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य लगायत वरिष्ठ विज्ञहरु बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको क्लास,आत्मविश्वास अभिवृद्धि गराउने क्लास, मोटिभेसनल क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विविध विषयमा प्रशिक्षण प्रदान गरिने छ ।
प्रतियोगिताको अडिसनका लागि नेपाल अधिराज्यभरबाट आदिबासी जनजाति समुदायका बिवाहित र अविवाहित महिलाहरुका लागि आवेदन फाराम खुल्ला गरिएको र बिबिध कारणबस अडिसनमा आउन पाउनु नभएकाहरुले फर्म भरेर कार्यालयमा अडिसनमा आउन सकिने संस्थाका प्रबन्ध निर्देशक शान्ता तामाङ लामाले जानकारी दिईन । उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरवार्तामा समेत सहभागिता हुन पाउनेछन । प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ विशेष प्रशिक्षण नेपालका ख्यातिप्राप्त कोरियोग्राफर रोजिन शाक्यले दिनेछन ।  

o8.JPG

o6.JPG

o1.JPG