शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

झण्डै तीन अंकले बढ्यो नेप्से

मंगलबार, चैत्र ३ २०७७

काठमाडौं ।  नेप्से झण्डै तीन अंकले बढेको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज मंगलबार झण्डै तीन अर्थात दुुई दसमलव ५६ अंकले बढेर २३ सय ९१ दसमलव ७४ अंकमा पुुग्दा सेन्सिटिभ पनि शुन्य दसमलव ४४ अंकले बढेर चार सय ३० दसमलव ४९ अंकमा चढेको छ । दुुई सय १६ वटा कम्पनीहरुको ४६ हजार पाँच सय ४० पटकको कारोवारमा आज ९० लाख १२ हजार आठ सय ५३ कित्ता सेयर किनबेच हुुंदाकारोवार रकम तीन अर्ब ३७ करोड ५६ लाख ९९ हजार तीन सय ३९ रुपैयाँ पुुगेको छ । 
नेप्सेमा आज १४ वटा समुहको कारोवार हुंदा कमाउने र गुमाउने समुह बराबर रहेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दसमलव ६७ अंकले बढेर १७ सय १६ दसमलव ९८ अंकमा पुुग्दा होटल तथा पर्यटन, लघुुबित्त, जीवन बीमा, फाईनान्स, उत्पादनमुलक र लगानी समुहको सुचक पनि बढेकाछन । बिकास बैंक समुहको सुचक भने आज दुई दसमलव ३५ अंकले घटेर २४ सय ८० दसमलव ८२ अंकमा झर्दा जलबिद्युत, निर्जिवन बीमा, टेडिङ, अन्य र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि घटेकाछन ।  
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा चन्द्रागिरी हिल्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अपर तामाकोशी हाईड्रो पावर कम्पनी परेको छ ।