शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

फिदाको साथमा आए पल र वर्षा

मंगलबार, चैत्र ३ २०७७

 काठमाडौं ।  गायिका दिपा लामा र गायक सुमन केसीको  युगल गायनमा रहेको बिल्कुलै नयाँ गीत ’फिदा’ सार्वजनिक भएको छ । लोकलयमा आधारित यस गीतलाई  गीतकार  सुमन योञ्जनले लेखेका हुन् ।  दिपक शर्माले संगीतवद्द गरेको यस  गीतमा साहस शाक्यको संगीत संयोजन रहेको छ । 
पल शाह र वर्षा राउत म्युजिक भिडियोमा फिचर्ड छन् । सुबोल थापाले कोरियोग्राफी गरेको यो भिडियोलाई  नवराज उप्रेतीले छायांकन गरेका हुन् । भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ ।  गम्भीर बिस्टको निर्देशनमा भिडियो तयार पारिएको हो । हर्क राई र मधु राईको लगानीमा निर्मित यस भिडियोलाई  केन्द्र मोशन पिक्चर्सको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक  गरिएको हो । 
भिडियो लिंक

https://youtu.be/C_Co83Z9f0Q

psul2.JPG

psul1.JPG