काठमाडौं । नेप्से उच्च अंकले घटेको छ । आज आईतबार नेप्से ५१ दसमलव २३ अंकले घटेर २४ सय सात दसमलव २५ अंकमा झर्दा सेन्सिटिभ पनि १० दसमलव एक अंकले घटेर चार सय ३५ दसमलव १३ अंकमा झरेको छ । दुई सय ११ वटा कम्पनीहरुको ६० हजार नौ सय ७३ पटकको कारोवारमा ९९ लाख तीन हजार सात सय चार कित्ता सेयर किनबेच भएकाछन भने कुुल कारोवार रकम चार अर्ब ९५ करोड २७ लाख २२ हजार एक सय ९५ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा होटल तथा लगानी समुह र जलबिद्युुत समुहको सुचक बढेकाछन भने बाँकी समुहको सुचक भने घटेकाछन । सो मध्ये बैंकिङ समुहको सुचक ३२ दसमलव ३३ अंकले घटेर १७ सय ३० दसमलव ७२ अंकमा अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि चार सय ५३ दसमलव नौ अंकले घटेर १५ हजार आठ सय ४२ दसमलव ७५ अंकमा झरेको छ । यि बाहेक बिकास बैंक, निर्जिवन बीमा, टे«डिङ, फाईनान्स, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी र लगानी समुहको सुचकहरु पनि घटेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा चन्द्र्रागिरी हिल्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हिमालयन पावर पार्टनर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा अपरतामाकोशी हाईड्रो पावर कम्पनी परेको छ ।