शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

म्युजिक भिडियोमा सुधिर र श्रेयाको प्रेम 

आइतबार, चैत्र १ २०७७

काठमाडौं । डिपी खनालको शब्द, शंकर थापा ’स्माइल’ले संगीतवद्ध गरेको लोकलयमा आधारित नयाँ गीत ’सल्लाह गरेर’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  
डान्सिङ शैलीको गीतमा रमेश कडेल, सिडी विजय अधिकारी, रचना रिमाल र मनिषा राईको  स्वर सुन्न सकिन्छ। गीतमा उदय राज पौडेलको संगीत संयोजन रहेको छ । 
नायक पल शाह, सुधिर श्रेष्ठ, श्रेया सिटौला र गीता ढुंगाना बीचको अनस्क्रिन प्रेम र रोमान्स म्युजिक भिडियोमा देख्न सकिन्छ । सन्तोष राजबाहकले कोरियोग्राफी यस भिडियोलाई  ज्ञानेन्द्र शर्मा हुमागाईले छायांकन गरेका हुन्। भिडियोमा दिन्शन शाहको सम्पादन रहेको छ ।
सुर्य नेपाली सहायक निर्देशक रहेको यस भिडियोलाई उत्तम श्रेष्ठ ’शिशिर’को निर्देशनमा तयार पारिएको हो । ईनाक्षी इन्टरटेन्मेण्टको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो । 
भिडियो लिंक

https://youtu.be/CLwGFc0OR4I

paul.JPG

paul1.JPG