शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

 आकाश जाने बेलामा वर्षा रोएको भिडियो भाइरल

आइतबार, चैत्र १ २०७७

काठमाडौं ।  ह्याण्डसम हिरो आकाश श्रेष्ठ र सुन्दरी नायिका वर्षा राउतको अभिनय रहेको नयाँ गीत यो जुनीमा तिम्रोको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक छवी न्यौपाने र मेलिना राईको स्वरमा सजिएको नयाँ गीत यो जुनीमा तिम्रो बोलको गीतमा लोकप्रिय गायक तथा संगीतकार किशोर शिवाकोटीको शब्द तथा संगीत सृजना रहेको छ । आकाश श्रेष्ठ र सुन्दरी नायिका वर्षा राउतबिचको प्रेम र भावी जीवनको गाथालाई निर्देशक निकेश खड्काले नजिकबाट केलाएका छन् । 
विबाह गर्ने उमेर पुगेका हरेक प्रेमी प्रेमीकाले भोग्नु पर्ने मिलन र विरहको गाथालाई कलात्मक शैलीमा प्रस्तुत गरिएको भिडियोमा आकाश र वर्षाले चलचित्रको कुनै कथा जस्तो लाग्नेगरी गज्जब अभिनय गरेका छन् । रुपेश खड्काको सम्पादन रहेको भिडियोको छायांकन बुद्ध थापाले गरेका हुन् । एनपी म्यूजिक हवबाट बजारमा ल्याइएको गीतको भिडियो सार्वजनिक भए लगत्तै राम्रो प्रतिक्रिया आइरहेको निर्माण यूनिटले जनाएको छ । 
भिडियो लिंक
https://www.youtube.com/watch?v=_mWRV1CjCVc