शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

किन माया लाउँछ पछी उदय भट्टराईको “नौतुनको रेल“ चर्चाको शिखरमा 

शुक्रबार, फाल्गुन २८ २०७७

काठमाडौं ।  हाल अमेरिकामा रहेर नेपालि लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका निमित्त चिन्तित नाम मध्य एक नाम हो उदय भट्टराई । उनले यस अगी धागो राम्रो घुम्ने चर्खाको, कति मिठो बोलि, पाइलै पिच्छे जरो खन्छ्यौ रे, यो बैंशमा रुन पर्याछ, धोकै दिएयौ नि, किन माया लाउँछ लगाएतका गीतहरुबाट बजारमा लिएर आइसकेका छन् । सर्जक उदयको पछिल्लो सांगीतिक प्रस्तुति “किन माया लाउँछ“ को चर्चा सेलाउन नपाउंदै अर्को गीत “नौतुनाको रेल“ सार्बजनिक भएको छ ।
ब्यवसाहिकताको नाममा मौलिकता भुल्न नहुने मान्यता बोक्ने उनले बाध्यता र विवसतामा घर छोडेर परदेश निस्किनु परेका अशंख्य नेपालीहरुको कथालाई यस गीतमा बुनेका छन् । समग्र रुपमा यस गीतको भाव सामाजिक यथार्थपरक रहेको छ । गीतलाई रेशम निर्दोष र शान्ति श्री परियारले स्वर बद्ध गरेका छन् । गीतलाई लय केशब शर्मा सुबेदीले भरेका हुन् भने शब्द लोकप्रिय शर्जक उदय भट्टराईले भरेका छन् ।
गीतको भाव अनुसार म्युजिक भिडियोलाई पनि निकै आकर्षक बनाइएको छ । भिडियोमा नम्रता सापकोटा र रेशम निर्देश देखिएका छन् । कुमार के.सी द्वारा निर्देशित भिडियोलाई छायांकन अजय रेग्मीले गरेका हुन् भने सम्पादन टेकेन्द्र शाहको रहेको छ । गोर्खा नगरपालिका वडा नम्बर १ श्याम बजार स्थायी घर भएका उदयको यो सांगीतिक प्रस्तुतिलाई सबैले मन परईदिनु हुनेछ भन्ने बिश्वास निर्माण युनिटले लिएको छ । गीतको अडियो तथा भिडियोको सर्वधिकार उदय भट्टराई युट्युब च्यानल संग सुरक्षित रहेनछ । 
भिडियो लिंक

https://www.youtube.com/watch?v=7EStqfMrY5k

song1.JPG

song2.JPG

song.JPG

song4.JPG