शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

खुशी’ मा रोमान्टिक मुडमा देखिए राज र एबि

बिहिबार, फाल्गुन २७ २०७७

काठमाडौं । गायक प्रताप दासको स्वरमा रहेको बिल्कुलै नयाँ गीत ’खुशी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा राज केसीको  शब्द रहेको छ । जीवन रसाइलीले संगीतवद्द गरेको यस गीतमा राहुल प्रधानको  संगीत संयोजन रहेको छ । छिट्टै नै गायिका अस्मिता अधिकारीको स्वरमा यस गीतको फिमेल भर्सन पनि आउने निर्माण टिमले बताएको छ । 

song1.JPG
युवा युवती बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको  म्युजिक भिडियोमा राज केसी र अस्ट्रलियन मोडेल एबि फिचर्ड छन् । अष्ट्रेलियाको विभिन्न रमणीय ठाउमा छायांकन भएको यो भिडियोलाई जीवन रसाइलीको छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो । ग्लोबल टचको प्रस्तुति रहेको भिडियोलाई आइभिएम फिल्म्सको आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो ।  
भिडियो लिंक

https://youtu.be/jdJE9AdxRv8

song.JPG