बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्सेमा भिषण पहिरो : सुचक तथा कारोवार रकम दुुबै घटे

मंगलबार, फाल्गुन २५ २०७७

काठमाडौं ।  नेप्सेमा भिषण पहिरो गएको छ । आज मंगलबार नेप्से २३ दसमलव २२ अंकले घटेर २४ सय ६१ दसमलव ८८ अंकमा झर्दा सेन्सिटिभ पनि चार दसमलव ४७ अंकले घटेर चार सय ४५ दसमलव २१ अंकमा झरेको छ । दुुई सय १० वटा कम्पनीहरुको ५२ हजार पाँच सय ९१ पटकको कारोवारमा एक करोड २४ लाख ८२ हजार जार सय २८ कित्ता सेयर किनबेच भएकाछन भने कुल  कारोवार रकम चार अर्ब ७५ करोड २७ लाख आठ हजार एक सय ४७ रुपैयाँ पुुगेको छ ।  
नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा तीन वटा समुहको सुचक बढेपनि बाँकी १० वटा समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २१ दसमलव ७७ अंकले १७ सय ७३ दसमलव ९४ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि दुुई सय एक दसमलव ५६ अंकले घटेर १६ हजार चार सय २५ दसमलव ४७ अंकमा झरेको छ । बिकास बैंक, निर्जिवन बीमा, टे«डिङ, फाईनान्स, उत्पादनमुुलक, अन्य, लघुुबित्त र लगानी समुहको सुचकहरु पनि उच्च अंकले घटेकाछन । होटल तथा पर्यटन, जलबिद्युुत र सामुहिक लगानी कोष समुहको भने बढेकाछन । 
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हिमालयन ऊर्जा बिकास कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सर्पोट माईक्रो फाईनान्स लघुुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा शिखर इन्स्योरेन्स कम्पनी परेको छ ।