बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

 “E- sewa ID  मा  अनाधिकृत  रुपमा पहुँच पुर्‍याई  ठगी गर्ने व्यक्ति पक्राउ” 

आइतबार, फाल्गुन २३ २०७७

काठमाडौं । पिडितहरुको बारेमा पुर्ण जानकारी लिई भेटघाट गरी बिभिन्न बहाना बनाई निजहरुले चलाउदै गरेका कम्प्यूटर, ल्यापटप, मोबाईल हेरी उक्त Device बाट Google Account को password थाहा पाई  पीडितहरुको Esewa id खोली fake Gmail Account Create गरी  पीडितको Esewa ID मा आफ्नो अनाधिकृत रुपमा पहुँच पुर्‍याई अन्य व्यक्तिको नामको खाता लगायत E-sewa  समेतमा रकम रकमान्तर गरी अनलाईन ठगी  गरेको भन्ने व्यहोराको  उजुरी यस महाशाखामा पर्न आई उक्त घटनाको सम्बन्धमा अनुसन्धान गर्दै जाँदा अनलाईन ठगी कार्यमा संलग्न जिल्ला दाङ तुल्सीपुर उप-मनपा- वडा नं. ४ घर भई हाल का.जि. का.म.न.पा.– वडा नं. ७ चावाहिल बस्ने बर्ष २३ को आशिष खड्कालाई मिति २०७७।११।२१ गते अ. १३:०० बजेको समयमा जिल्ला भक्तपुर मध्यपुर ठिमि न.पा. वडा नं. २ सानोठिमिबाट पक्राउ गरी निज आशिष खड्कालाई ठगी मुद्धामा आवश्यक कारवाहीको लागी आज मिति २०७७/११/२३ गते महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाईएको ।

chor.JPG
पक्राउ व्यक्ति
नामथर:- आशिष खड्का
उमेर :- २३ बर्ष 
ठेगानाः-जिल्ला दाङ तुल्सिपुर उप-मनपा- वडा नं. ४ घर भई हाल का.जि. चावाहिल