बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

शुक्रबार, फाल्गुन २१ २०७७

सर्लाही जिल्लाको ब्रहम्पुरी गाँउपालिका ४ कालीमन्दिरस्थित सीमा ईलाकाबाट फागुन २० गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको गोडैटा नगरपालिका ७ बस्ने १८ बर्षिय दिपक बैठा छन् ।
उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट खटिएको एपीएफ टोलीले विनसिरेस २ बोतल र नाईट्रोभेट ट्याब्लेट ४५ वटासहित पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका निज बैठालाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका बैठालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।