उपरोक्त सम्बन्धमा काठमाडौं कुपण्डोल स्थित ट्राकन कुरियर एण्ड कार्गो कम्पनीले जिल्ला ललितपुर सानेपा स्थित MI सोरुमसँग सम्झौता गरी डडेलधुरा स्थित उग्रतारा मार्केटिङको लागी भनी पठाउन लागेको MI कम्पनीको Redmi Note 9 मोबाईल सेटहरु मिती २०७७/११/०२ गते अन्दाजी १३:५५ बजेको समयमा डल्लुबाट कालीमाटी हुँदै परोपकार जाने क्रममा का.जि। परोपकार स्थित सडकखण्डमा चलिरहेको गाडीबाट अपरिचित व्यक्तिहरुले कार्टुन भित्र रहेको उक्त मोबाईल सेटहरु चोरी गरी का.जि.का.म.न.पा. वडा नं. ०७ चाबहिल स्थित मोबाईल पसल सञ्चालन गरी बस्ने अमित राना मगरसँग डिल गरी निज अमितले जिल्ला ललितपुर प्रयागपोखरी स्थितमा मोबाईल पसल सञ्चालन गरी बस्ने भारत घर भएका जहिर अन्सारीलाई भेटाई नगद रु. ५,५०,०००।-( अक्षरुपी पाँच लाख पचास हजार) मा बिक्री गरेको भन्ने बिशेष सुचनाको आधारमा अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त,जनसेवाको संयुक्त प्रहरी टोलीले निम्न व्यक्तिहरुलाई चोरी गरी लगेको Redmi Note 9 मोबाईल सेट ५२ थान सहित पक्राउ गरी थप कानुनी कारबाहीको लागी महानगरीय प्रहरी वृत्त,जनसेवा पठाईएको ।
पक्राउ मानिसहरु:-
१) नाम:– जहिर अन्सारी
उमेर :– ३२
ठेगाना:– भारत देश बिहार प्रदेश बेतिया जिल्ला
हालको ठेगाना:- जिल्ला ललितपुर प्रयागपोखरी
२) नाम:– दिपेश श्रेष्ठ
उमेर :– २७ बर्ष
ठेगाना:– का.जि.का.म.न.पा. वडा नं. ०६ बौद्ध
हालको ठेगाना:- का.जि. कपन
३) नाम:– अमित राना मगर
उमेर :– २९
ठेगाना:– जिल्ला चितवन भरतपुर म.न.पा. वडा नं. ११
हालको ठेगाना:- का.जि. कपन
४० नाम:– बिक्रम शाही
उमेर :– ३३
ठेगाना:– का.जि.का.म.न.पा. वडा नं. ३० असन
बरामद सामानहरु:-
१. Redmi Note 9 मोबाईल सेट थान ५२




