बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

क्यासिनोमा अवैध रुपमा जुवातास खेल्ने तथा खेलाउने १० जना पक्राउ  

शुक्रबार, फाल्गुन २१ २०७७

काठमाडौं महानगरपालिका–१३ ताहाचलस्थित प्लाटिनम होटलको अन्डर ग्राउण्डमा रहेको सिएमजी क्यासिनोबाट अवैध रुपमा जुवातास खेल्ने तथा खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा भारत विहार मोतिहारी घर भएका ३८ वर्षीय रंजित कुमार जैसवाल लगायत १० जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
उक्त क्यासिनोमा अवैध रुपमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटिबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद ८ लाख २६ हजार ९ सय ८० रुपैयाँ,  ९ लाख रुपैयाँ लेखिएको ३ थान बैंक चेक, करिब ५ लाख ७० हजार रुपैयाँ बराबरको ३ सय ९० वटा क्यासिनो क्याईन, १५ बुक तास, ३ थान ग्रिन गोल्ड र ३ थान प्लाटिनम कार्ड,  १ थान पैसा गन्ने मेशिन र १ थान स्लट मिटर रिडिङ बुक समेत प्रहरीले बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरील थप अनुसन्धान गरिरहेको छ । 

paisa1.JPG